बिर्ता बजारमा छठ पूजाको रौनक, तयारी अन्तिम चरणमा

बिर्तामोड, २० कात्तिक । नेपाल मधेसी समाज सेवा समितिले झापाको बिर्तामोड–३ स्थित बिर्ताबजारमा यस बर्ष पनि छठ पूजा आयोजना गरेको छ । आज मंगलबार साँझ पूजा स्थलस्थित अदुवा किनारमा पत्रकार भेटघाट गरी पूजाको तयारीका बिषयमा जानकारी गराइएको हो । यस बर्ष छठ पूजाका लागि २ सय पन्डाल तयार अन्तरगत ४ सय ब्रतालुहरुका लागि डाला तयार [...] The post बिर्ता बजारमा छठ पूजाको रौनक, तयारी अन्तिम चरणमा appeared first on Jhapa Online.

Nov 5, 2024 - 15:34
 0
बिर्ता बजारमा छठ पूजाको रौनक, तयारी अन्तिम चरणमा

बिर्तामोड, २० कात्तिक । नेपाल मधेसी समाज सेवा समितिले झापाको बिर्तामोड–३ स्थित बिर्ताबजारमा यस बर्ष पनि छठ पूजा आयोजना गरेको छ ।

आज मंगलबार साँझ पूजा स्थलस्थित अदुवा किनारमा पत्रकार भेटघाट गरी पूजाको तयारीका बिषयमा जानकारी गराइएको हो ।

यस बर्ष छठ पूजाका लागि २ सय पन्डाल तयार अन्तरगत ४ सय ब्रतालुहरुका लागि डाला तयार गरिएको गरिएको नेपाल मधेसी समाज सेवा समितिका अध्यक्ष रामेश्वर मण्डलले जानकारी दिए ।
आर्थिक अवस्था कमजोर भएका बिपन्न ब्रतालुहरुका लागि निःशुल्क डालाको ब्यवस्था गरिएको समेत अध्यक्ष मण्डलले बताएका छन् ।

छठ पूजाका लागि अदुवा खोलाको किनारको सडकमा ८५० मिटरसम्म सडकमा बिद्युतिय बत्ति बालिएको छ । बत्तिबालेसँगै उक्त स्थानमा राति टिकटक र सेल्फि लिनेको भीड लाग्ने गरेको छ । उक्त स्थलमा सांस्कृतिक कार्यक्रमका लागि स्टेज निर्माण गरिएको छ ।

पूजा सम्पन्न गर्नका लागि बिभिन्न समितिहरु गठन गरिएको छ । छठ पूजा सेवा समितिको संयोजकमा संजय शर्मा रहेका छन् । यसैगरी अर्थ संयोजकमा प्रकाश महत्तो, टेन्ट संयोजकमा गनु सहनी र उमेश चौधरी, घाट ब्यवस्थापन समितिमा शम्भूकुमार शाह, मोहनकुमार झा, बिवेक शाह, अमर पट्टेल, रेखदेख समितिमा कला राउत, किस्सु शाह, नरेश शाह र सल्लाहकार समितिमा दिलिप सिंह र उदय शंकर शाह रहेको बताइएको छ ।

पूजा सम्पन्न गर्न अनुमानित ७ लाख रुपैयाँ खर्च हुने र ब्रतालु, भक्तजन र स्थानीय तहको सहयोगमा आर्थिक ब्यवस्थापन गरिने साथै अपुग खर्च समितिले ब्यहोर्ने संयोजक संजयकुमार शर्माले जानकारी दिएका छन् ।
आज साँझ कोशी प्रदेश सभा सदस्य छबि चुडाल र बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीले समेत उक्त पूजा स्थलको अनुगमन गरेका थिए । उक्त पूजा स्थलमा १० हजार वढी भक्तजनहरुको उपस्थिति रहने आयोजक संस्थाले अनुमान गरेको छ ।

अघिल्ला बर्षहरुका छठ पूजामा बिर्तामोड ३, ४ र ५ नम्बरका वडालाई लक्षित गरिएको भएपनि यस बर्ष भने बिर्तामोड नगरका १० वटै वडाका ब्रतालुहरुलाई लक्षित गरिएको बताइएको छ ।

The post बिर्ता बजारमा छठ पूजाको रौनक, तयारी अन्तिम चरणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register