उदयपुरमा उपनिर्वाचन : कांग्रेस र माओवादी केन्द्रले लगाए उम्मेदवारको टुङ्गो

उदयपुर । आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि जिल्लाका स्थानीय तहमा रिक्त पदका लागि नेपाली कांग्रेस र नेकपा (माओवोदी केन्द्र)ले उम्मेदवारको टुङ्गो लगाएका छन् । त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ को रिक्त वडाअध्यक्ष पदका लागि कांग्रेस र माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएको हो । कांग्रेसले त्रियुगा–१२ को वडाध्यक्षमा सञ्जीव काफ्लेको नाम सिफारिस गरेको कांग्रेस […]

Nov 11, 2024 - 00:04
 0
उदयपुरमा उपनिर्वाचन : कांग्रेस र माओवादी केन्द्रले लगाए उम्मेदवारको टुङ्गो

उदयपुर । आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि जिल्लाका स्थानीय तहमा रिक्त पदका लागि नेपाली कांग्रेस र नेकपा (माओवोदी केन्द्र)ले उम्मेदवारको टुङ्गो लगाएका छन् ।

त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ को रिक्त वडाअध्यक्ष पदका लागि कांग्रेस र माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएको हो । कांग्रेसले त्रियुगा–१२ को वडाध्यक्षमा सञ्जीव काफ्लेको नाम सिफारिस गरेको कांग्रेस त्रियुगा नगरपालिकाका सभापति प्रकाश खड्काले जानकारी दिए ।

यस्तै, बेलका–९ को वडाध्यक्षमा कांग्रेसले नवराज बस्नेतलाई उम्मेदवार उठाउने निर्णय गरेको निर्वाचन क्षेत्र नं १ का पार्टी सभापति खगेन्द्र राईले बताए ।

यसैगरी माओवादी केन्द्रले त्रियुगा–१२ को वडाध्यक्षमा नवीन वान्तावा राईलाई तथा बेलका–९ को वडाध्यक्षमा भरत घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्र उदयपुरले जनाएको छ ।

नेकपा (एमाले)ले भने उम्मेदवार तय केही दिनभित्र गर्ने एमाले उदयपुरका सचिव टेकबहादुर राउतले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register