साफ च्याम्पियनसिप : उपाधिका लागि बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधिका लागि नेपालले बंगलादेशको सामना गर्दैछ । बुधबार (आज) साँझ साढे ६ बजे दशरथ रंगशालामा हुने खेलमा उपाधि चुम्नेगरी नेपाल मैदान उत्रिनेछ । कप्तान एन्जिला तुम्बापो सुब्बाले खेल जित्नेगरी मैदान उत्रिने बताएकी छन् । मुख्य प्रशिक्षक रञ्जित तामाङले पनि विगतका गल्तीहरूलाई नदोहोर्‍याउने गरी मैदान उत्रिएर खेल जित्ने विश्वास व्यक्त […]

Oct 30, 2024 - 02:31
 0
साफ च्याम्पियनसिप : उपाधिका लागि बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधिका लागि नेपालले बंगलादेशको सामना गर्दैछ ।

बुधबार (आज) साँझ साढे ६ बजे दशरथ रंगशालामा हुने खेलमा उपाधि चुम्नेगरी नेपाल मैदान उत्रिनेछ ।

कप्तान एन्जिला तुम्बापो सुब्बाले खेल जित्नेगरी मैदान उत्रिने बताएकी छन् । मुख्य प्रशिक्षक रञ्जित तामाङले पनि विगतका गल्तीहरूलाई नदोहोर्‍याउने गरी मैदान उत्रिएर खेल जित्ने विश्वास व्यक्त गरे ।

यसअघि सन् २०२२ मा पनि उपाधिका लागि नेपाल र बंगलादेशबीच नै खेल भएको थियो । जहाँ, बंगलादेशले ३ गोल हान्दा नेपाल १ मा सीमित हुनुपरेको थियो ।

तर, यसपटक भने मुख्य प्रशिक्षक, कप्तान र खेलाडीहरूले खेल जित्ने दाबी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register