बढ्यो सेयर बजार, कारोबार रकम ११ अर्बमाथि

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक २२ दशमलव १४ अंकले बढेर २७६० दशमलव २१ को विन्दुमा पुगेको छ । सोमबार ३०२ कम्पनीका १ लाख १३ हजार ९ सय ६४ पटकको कारोबारमा २ करोड ४५ लाख ५७ हजार १ सय ५३ कित्ता सेयर खरिद […]

Nov 11, 2024 - 09:40
 0
बढ्यो सेयर बजार, कारोबार रकम ११ अर्बमाथि

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक २२ दशमलव १४ अंकले बढेर २७६० दशमलव २१ को विन्दुमा पुगेको छ ।

सोमबार ३०२ कम्पनीका १ लाख १३ हजार ९ सय ६४ पटकको कारोबारमा २ करोड ४५ लाख ५७ हजार १ सय ५३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँ रहेको छ ।

१४३ कम्पनीको सेयर मूल्य बढ्दा ९२ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

१३ उपसमूहमध्ये ५ वटा राताम्मे हुँदा अन्यमा हरियाली छाएको छ । सर्पोट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त र सृजनशील लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज साहस ऊर्जामा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register