एनपीएल : वेस्ट इण्डिजका फिलिपलाई पोखरा एभेन्जर्सले भित्र्यायो

पोखरा । नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलका लागि पोखरा एभेन्जर्सले वेस्ट इण्डिजका एन्डरसन फिलिपलाई अनुबन्ध गरेको छ । पोखरा एभेन्जर्समा अनुबन्ध हुने उनी तेस्रो विदेशी खेलाडी हुन् । यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडेलाई टोलीमा अनुबन्ध गरिसकेको छ । नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २८ […]

Oct 23, 2024 - 08:37
 0
एनपीएल : वेस्ट इण्डिजका फिलिपलाई पोखरा एभेन्जर्सले भित्र्यायो

पोखरा । नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलका लागि पोखरा एभेन्जर्सले वेस्ट इण्डिजका एन्डरसन फिलिपलाई अनुबन्ध गरेको छ ।

पोखरा एभेन्जर्समा अनुबन्ध हुने उनी तेस्रो विदेशी खेलाडी हुन् । यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडेलाई टोलीमा अनुबन्ध गरिसकेको छ ।

नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २८ वर्षीय त्रिनिडाडियन क्रिकेटर फिलिपले वेस्ट इण्डिज टिमबाट थुप्रै अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

फास्ट बलर फिलिपले १ सय ४० किलोमिटर प्रतिघण्टाको औसत गतिमा बलिङ गर्न सक्छन् । पोखराबाट खेल्न पाउँदा आफू उत्साहित रहेको उनले बताएका छन् ।

एन्डरसन फिलिपलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले टोली बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

एनपीएलकै सबै भन्दा मंहगो टिम पोखराले कुशल, एन्डरसन फिलिप, डि लिडे र गौससँगै सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलिपनाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई अक्सनबाट छनोट गरेको छ ।

एनपीएल क्रिकेट आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register