हरिबोधिनी एकादशी : नारायण मन्दिरमा श्रद्धालुको घुइँचो (तस्वीरहरू)

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा–आराधना गरिन्छ । यसपछि आज शास्त्रीय विधिअनुसार दामोदरसँग तुलसीको विवाह गरिदिने प्रचलनसमेत रहेको छ ।

Nov 12, 2024 - 03:35
 0
हरिबोधिनी एकादशी : नारायण मन्दिरमा श्रद्धालुको घुइँचो (तस्वीरहरू)

भक्तपुर । हिन्दू धर्मावलम्बीले कार्तिक शुक्ल एकादशीका दिन मनाउने विशेष पर्व हो, हरिबोधिनी एकादशी । यसलाई प्रबोधिनी वा देवोत्थान एकादशी समेत भनिन्छ ।
हरिबोधिनी सबैभन्दा ठूलो एकादशी भएकाले यसलाई ‘ठूली एकादशी’ पनि भनिन्छ ।

आज (मंगलबार) चाँगुनारायण, इचङ्गुनारायण, विशङ्खुनारायण र शेषनारायण गरी काठमाडौं उपत्यकाका प्रमुख चार नारायणलगायत देशभरका भगवान विष्णुका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा–आराधना गरिन्छ । यसपछि आज शास्त्रीय विधिअनुसार दामोदरसँग तुलसीको विवाह गरिदिने प्रचलनसमेत रहेको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीर सागरमा शयन गरेका भगवान विष्णु चार महिनापछि अर्थात् आजकै दिन ब्युँझन्छन् भन्ने धार्मिक बिश्वास रहिआएको छ ।

चार नारायणमध्येका जेठो नारायणको रूपमा पुजिने भक्तपुरक्क चाँगुनारायण मन्दिरमा आज बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ ।

हेरौँ तस्वीरमाः

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register