रवि, छविलगायतलाई आज अदालतमा उपस्थित गराइँदै

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने र पूर्वडीआईजी जोशी पोखराको सुदर्शन सहकारीकाे रकम अपचलन गरेकाे आरोप लागेकाे छ । पछाईं र खनाल गोरखा मिडिया नेटवर्ककाअध्यक्ष जीबी राईसँग जाडिएका व्यक्ति हुन् ।

Nov 5, 2024 - 04:45
 0
रवि, छविलगायतलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडाैं – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित चार जनालाई आज (मंगलवार) कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।

लामिछाने र जोशीसहित लीला पछाईं र रामबहादुर खनाललाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कास्कीका डीएसपी वसन्तकुमार शर्माले नेपाल भ्युजलाई जानकारी दिए ।

तिहार बिदाकै बेलामा म्याद सकिएकाले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले उनीहरूलाई कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने र पूर्वडीआईजी जोशी पोखराको सुदर्शन सहकारीकाे रकम अपचलन गरेकाे आरोप लागेकाे छ । पछाईं र खनाल गोरखा मिडिया नेटवर्ककाअध्यक्ष जीबी राईसँग जाडिएका व्यक्ति हुन् ।

लामिछाने र पूर्वडीआईजी जोशी कुनै बेला गोरखा मिडियाकै हर्ताकर्ता थिए । लामिछाने प्रबन्ध निर्देशक थिए । यही बेला सहकारीको रकम अपचलनको आरोप लागेको हो ।

यसैबीच आफ्ना सभापति लामिछानेलाई अदालतमा उपस्थित गराइने भएपछि आज पनि उनी नेतृत्वको दल रास्वपाले पोखरामा प्रदर्शन गर्ने बताएको छ ।

यही कात्तिक २ गते लामिछाने पक्राउ परेयता रास्वपा निरन्तर आन्दोलनमा छ । राजनीति प्रतिशोधका आधारमा आफ्ना सभापतिलाई पक्राउ गरिएको सो दलको आरोप छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register