पूजाको अलराउण्ड प्रदर्शनमा नेपालले कुवेतलाई १६५ रनले हरायो

काठमाडौं । यू–१९ महिला विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ । यूएईको अज्मानस्थित द सेभेन्स स्टेडियममा मंगलबार भएको खेलमा कप्तान पूजा महतोले दुबै ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको जित सुनिश्चित गरिन् । कुवेतविरुद्ध उनले शतक मात्र प्रहार गरिनन्, बलिङको क्रममा आफ्नो फाइफर पनि पूरा गरिन् । २१४ रनको लक्ष्य […]

Nov 12, 2024 - 08:23
 0
पूजाको अलराउण्ड प्रदर्शनमा नेपालले कुवेतलाई १६५ रनले हरायो

काठमाडौं । यू–१९ महिला विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ ।

यूएईको अज्मानस्थित द सेभेन्स स्टेडियममा मंगलबार भएको खेलमा कप्तान पूजा महतोले दुबै ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको जित सुनिश्चित गरिन् ।

कुवेतविरुद्ध उनले शतक मात्र प्रहार गरिनन्, बलिङको क्रममा आफ्नो फाइफर पनि पूरा गरिन् ।

२१४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमा अलआउट भयो । कुवेतका लागि जिफा जिलानीले ३६ रन बनाइन् । अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

नेपालका लागि कप्तान पूजाले पाँचौं ओभरको चौथो बलमा पहिलो विकेट लिइन् । त्यसपश्चात नवौं ओभरमा ४ विकेट लिइन् । सो ओभरको पहिलो, दोस्रो, चौथो र पाँचौं बलमा विकेट लिइन् ।

यस्तै, सीमा केसीले र रचना कुमारी चौधरीले २–२ विकेट लिइन् ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पूरै ओभर खेलेर २ विकेटको क्षतिमा २१३ रन बनाएको थियो ।

नेपालका लागि पूजाले शतक प्रहार गरिन् । पूजाले ६९ बलमा अविजित १३० रन बनाइन् । उनले ५७ बलमा १२ चौका प्रहार गर्दै शतक पूरा गरिन् ।

यू–१९ महिला विश्वकप छनोट : नेपालले दियो कुवेतलाई २१४ रनको लक्ष्य, पूजाको शतक

पूजाले प्रहार गरेको शतक प्रतियोगिताको नै पहिलो शतक हो । यसअघि प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोर ९९ थियो । गत आइतबार भएको खेलमा यूएईकी लाभन्या केन्याले ९९ रन बनाएकी थिइन् ।

गत फेब्रुअरीमा मलेसियामा भएको एसिसी प्रिमियर कपमा रुबिना क्षेत्रीले माल्दिभ्सविरुद्ध पहिलो शतक प्रहार गरेकी थिइन् । सो खेलमा रुबिनाले ५९ बलमा १ सय १८ रन बनाएकी थिइन् ।

जुन महिला खेलाडीले एकै खेलमा बनाएको सर्वाधिक रन पनि थियो । जसलाई पूजाको रनले पछि पारेको छ । यू-१९ महिला क्रिकेटमा भने पुजाको शतक नै पहिलो शतक हो ।

सोनी पाख्रीनले अविजित ४३ र सावित्री धामीले ११ रन बनाइन् । सोनीले ३३ बलमा २ छक्का प्रहार गरेकी थिइन् । साना प्रविनले ६ रन बनाइन् ।

कुवेतका लागि जिफा जिलानी र रेलिन मारिया डी सुजाले १–१ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register