बुद्ध एयरको रात्रिकालीन भाडा दर घट्यो

काठमाडौँ । बुद्ध एयरले रात्रिकालीन उडानको भाडा दर घटाएको छ । एयरलाइन्सले रात्रि उडानलाई थप सहज बनाउँदै विभिन्न गन्तव्यको रात्रिकालीन भाडा घटाएको हो । कम्पनीका अनुसार पोखराको लागि ५००, भद्रपुर तथा नेपालगञ्जका लागि १००० तथा जनकपुरधामका लागि ८०० रुपैयाँ भाडादर घटाइएको छ ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा सीमित उडानकाबीच बुद्ध एयरले भैरहवा तथा पोखराबाट […]

Nov 12, 2024 - 08:59
 0
बुद्ध एयरको रात्रिकालीन भाडा दर घट्यो

काठमाडौँ । बुद्ध एयरले रात्रिकालीन उडानको भाडा दर घटाएको छ । एयरलाइन्सले रात्रि उडानलाई थप सहज बनाउँदै विभिन्न गन्तव्यको रात्रिकालीन भाडा घटाएको हो ।

कम्पनीका अनुसार पोखराको लागि ५००, भद्रपुर तथा नेपालगञ्जका लागि १००० तथा जनकपुरधामका लागि ८०० रुपैयाँ भाडादर घटाइएको छ । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा सीमित उडानकाबीच बुद्ध एयरले भैरहवा तथा पोखराबाट अतिरिक्त उडान समेत सुरु गरेको  छ ।

त्यस्तै, काठमाडौँ वा पोखराबाट अन्तराष्ट्रिय उडानका लागि भैरहवा आउजाउ गर्ने यात्रुलाई बुद्ध एयरले हरेक फेयरमा २५ केजी लगेज छुट दिएको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register