इजरायली आक्रमणबाट गाजा र लेबनानमा स्वास्थ्यकर्मीसहित १४० जनाको मृत्यु

इजरायली सेनाको आक्रमणबाट गाजा र लेबनानमा स्वास्थ्यकर्मीसहित १४० जनाको मृत्युको मृत्यु भएको छ । बिहीबार राति र शुक्रबार बिहान भएको घटनामा १४० जनाको ज्यान गएको अलजजिराको समाचारमा उल्लेख छ । इजरायली आक्रमणबाट गाजामा मात्रै ९५ जनाको मृत्यु भएको हाे । जसमा अधिकांश गाजाको उत्तरी क्षेत्रका बासिन्दा रहेको बताइएको छ । त्यस्तै लेबनानमा ६ स्वास्थ्यकर्मीसहित ४५ […]

Nov 1, 2024 - 02:21
 0
इजरायली आक्रमणबाट गाजा र लेबनानमा स्वास्थ्यकर्मीसहित १४० जनाको मृत्यु

इजरायली सेनाको आक्रमणबाट गाजा र लेबनानमा स्वास्थ्यकर्मीसहित १४० जनाको मृत्युको मृत्यु भएको छ । बिहीबार राति र शुक्रबार बिहान भएको घटनामा १४० जनाको ज्यान गएको अलजजिराको समाचारमा उल्लेख छ ।

इजरायली आक्रमणबाट गाजामा मात्रै ९५ जनाको मृत्यु भएको हाे । जसमा अधिकांश गाजाको उत्तरी क्षेत्रका बासिन्दा रहेको बताइएको छ ।
त्यस्तै लेबनानमा ६ स्वास्थ्यकर्मीसहित ४५ जनाको ज्यान गएको छ ।

यसैगरी उत्तरी इजरायलमा हिज्बुल्लाहको रकेट आक्रमणबाट ७ जनाले ज्यान गुमाएका छन् । जसमा ४ विदेशी कामदार र ३ इजरायली रहेका छन् ।

सन् २०२३ को अक्टोबर ७ यता गाजामा इजरायलले गरेको आक्रमणले कम्तीमा ४३ हजार २०४ प्यालेस्टिनीको मृत्यु भएको छ । यसैदिन हामासले गरेको आक्रमणबाट इजरायलमा १ हजार १३९ जनाको  ज्यान गएको थियाे । साथै २०० भन्दा बढी मानिसलाई बन्धक बनाइएको छ ।

गाजामा युद्ध सुरु भएदेखि लेबनानमा भएको इजरायली आक्रमणबाट २ हजार ८६५ जनाको मृत्यु भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register