उद्योगीले १५ दिनभित्र बक्यौता नतिरे फेरी लाइन काट्ने कुलमानको चेतावनी 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे फेरी उद्योगहरूको लाइन काट्ने चेतावनी दिएका छन् । बुधवार प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलन गरेर कार्यकारी निर्देशक घिसिङले हाललाई लाइन जोडिए पनि बक्यौता नतिरे फेरि काट्ने बताएका हुन् । उनले विद्युत् बक्यौता नउठे प्रक्रिया अनुसार अघि बढ्ने बताए । ‘अब […]

Nov 13, 2024 - 09:05
 0
उद्योगीले १५ दिनभित्र बक्यौता नतिरे फेरी लाइन काट्ने कुलमानको चेतावनी 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे फेरी उद्योगहरूको लाइन काट्ने चेतावनी दिएका छन् ।

बुधवार प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलन गरेर कार्यकारी निर्देशक घिसिङले हाललाई लाइन जोडिए पनि बक्यौता नतिरे फेरि काट्ने बताएका हुन् ।

उनले विद्युत् बक्यौता नउठे प्रक्रिया अनुसार अघि बढ्ने बताए । ‘अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’ कार्यकारी निर्देशक घिसिङले भने ।

आफूहरुले बनाएको बिल सही भएको भन्दै उनले १५ दिनभित्रै त्यो अनुसार तिर्नै पर्ने बताए । प्राधिकरणले बनाएको बिलमा राज्यका सबै निकायले सही भनेको पनि उनले बताए ।

कार्यकारी निर्देशक घिसिङले सरकारबाट पनि १५ दिनभित्र बक्यौता तिर्नेगरी हाललाई लाइन जोड्ने निर्देशन आएको खुलासा गरे ।

यसअघि किस्तामा रकम बुझाउँदा पनि लाइन जोड्ने गरेको भन्दै उनले करिब २८ वटा उद्योगले किस्ता पनि नबुझाएकाले लाइन काटेको स्पष्ट पारे ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register