हेलिकप्टरबाट गर्भवतीको उद्धार

लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिका–२ विचौरस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोही ठाउँकी २७ वर्षीया पृथी गुरुङलाई सिम्रिक हेलिकप्टरबाट बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको हो । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको पहलमा उद्धार गरिएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताए । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुर्याएर गुरुङको शल्यक्रिया गरी छोरी […]

Nov 14, 2024 - 00:35
 0
हेलिकप्टरबाट गर्भवतीको उद्धार

लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिका–२ विचौरस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोही ठाउँकी २७ वर्षीया पृथी गुरुङलाई सिम्रिक हेलिकप्टरबाट बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको पहलमा उद्धार गरिएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताए । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुर्याएर गुरुङको शल्यक्रिया गरी छोरी जन्मिएको उनले जानकारी दिए ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशमा सुत्केरी हुन नसकेका गर्भवतीलाई तत्काल बाहिर लैजानुपर्ने भएमा हेलिकप्टर उपलब्ध गराउँदै आएको स्वास्थ्यमन्त्री पाठकले बताए । उनका अनुसार हाल चिकित्सकको निगरानीमा सो सुत्केरी र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register