गणेश हिमाल बेस क्याम्प नजिक २ बिरामीसहित १६ जना फसे

धादिङ । गणेश हिमाल बेस क्याम्प नजिकै हाई अक्टिच्युटका कारण बिरामी परेर फसेकाहरुलाई उद्दार गर्न गएको नेपाली सेनाको हेलिकप्टर खराव मौसमका कारण विरामी नलिई फर्किएको छ । खराब मौसमका कारण ल्याण्ड गर्न नसकेपछि आँखुखोलाको शीर आसपास गणेश हिमाल बेसक्याम्प नजिक फसेकाहरुलाई उद्दार गर्न नसकी हेलिकप्टर फर्किएको हो । पटक पटक ल्याण्ड गर्ने प्रयास गरेपनि खराब […]

Nov 14, 2024 - 08:28
 0
गणेश हिमाल बेस क्याम्प नजिक २ बिरामीसहित १६ जना फसे

धादिङ ।

गणेश हिमाल बेस क्याम्प नजिकै हाई अक्टिच्युटका कारण बिरामी परेर फसेकाहरुलाई उद्दार गर्न गएको नेपाली सेनाको हेलिकप्टर खराव मौसमका कारण विरामी नलिई फर्किएको छ ।

खराब मौसमका कारण ल्याण्ड गर्न नसकेपछि आँखुखोलाको शीर आसपास गणेश हिमाल बेसक्याम्प नजिक फसेकाहरुलाई उद्दार गर्न नसकी हेलिकप्टर फर्किएको हो । पटक पटक ल्याण्ड गर्ने प्रयास गरेपनि खराब मौसम र संचार सम्पर्क गर्न नसकेपछि फर्किएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभयो ।


पर्या पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले डिभिजन बन कार्यालय, रुबीभ्याली गाउँ पालिकाको २७ जनाको टोली रुबीभ्यालीको पाङ्साङ पास हुँदै सो क्षेत्रको भ्रमण गर्न पुगेको थियो । ट्रेकिङ टोलीमा रहेका रुवीभ्याली गाउँपालिकाका विपिन तामाङका अनुसार गणेश हिमाल बेस क्याम्पको केही तल (करिब डेढ घण्टाको दुरीमा) ट्रेकिङ गएका १६ जना फसेका छन् ।

डिभिजन वन कार्यालय धादिङका प्रमुख बिष्णु प्रसाद आचार्य र रेन्जर अनुसुया ढुंगाना बिरामी परेका छन् । संगै ट्रेकिङमा रहेका ११ जना भने रुवीभ्याली गाउँपालिका-४ हिन्दुङ नजिकै आइपुगेको र उनिहरुलाई बचाउनु प्राथमिकता रहेको १४ घण्टा हिडेर हिन्दुङ पुग्नुभएका पत्रकार मिलन तिमल्सिनाले जानकारी दिनुभयो ।


पर्यापर्यटन प्रवर्द्वनको उद्देश्यले धादिङको रुवीभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको टोली छ दिनदेखि यात्रामा छन् । सोमबार राती त्यस स्थानमा पुगेका उनीहरु हाई अल्टिचुटका कारण बिरामी परेका थिए । त्यस स्थान नजिक मानव वस्ती नभएको र संचार सम्पर्क नभएपछि बुधबार बिहानदेखि छ घण्टा हिडेर संचार सम्पर्कमा आएको ट्रेकिङमा रहनुभएका पत्रकार तिमिल्सिनाले बताउनुभएको छ ।

फसेको ठाउँ बेस क्याम्प पुग्न करिब डेढ घण्टा जति समयको दुरीमा छ । त्यहाँ फोन लाग्दैन । सोमबार राती त्यहाँ पुगेको हो । अहिले पनि त्यही छ । हामी टेलिफोन लाग्ने ठाउँसम्म आएर सम्पर्कमा आएका हौुं, तिमल्सिनाले भन्नुभयो । ट्रेकिङ टोलीमा २७ जना रहेको र दुई जना बिरामी परेपछि बिरामीसहित १६ जनालाई त्यही छोडेर ११ जना अहिले १४ घण्टा हिडेर तिप्लिङको हिन्दुङ नजिक आइपुगेको उहाँले जानकारी दिनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register