कुटि बिहारमा कथिन चीवर दान सम्पन्न

काठमाडौं । लिच्छवीकालिन इतिहास बोकेको काठमाडौंको कोटेश्वरअवस्थित कुटी बहाल हालको कुटि बिहारमा भिक्षु रेवती स्थविरले यस वर्षको वर्षाबास पूरा गरेको उपलक्ष्यमा कुटि बिहारमा महान कथिन चीवर दान कार्यक्रमको आयोजना गरिएको छ । कुटि विहारमा बौद्ध धर्मका उपासक र उपासिकाहरु मिलेर सामुहिक रुपमा बौद्ध परम्पराअनुसार भिक्षु् महासंघलाई कथिन चीवर दान र अष्ट परिष्कार दान गरेका हुन् […]

Nov 14, 2024 - 14:28
 0
कुटि बिहारमा कथिन चीवर दान सम्पन्न

काठमाडौं ।


लिच्छवीकालिन इतिहास बोकेको काठमाडौंको कोटेश्वरअवस्थित कुटी बहाल हालको कुटि बिहारमा भिक्षु रेवती स्थविरले यस वर्षको वर्षाबास पूरा गरेको उपलक्ष्यमा कुटि बिहारमा महान कथिन चीवर दान कार्यक्रमको आयोजना गरिएको छ ।

कुटि विहारमा बौद्ध धर्मका उपासक र उपासिकाहरु मिलेर सामुहिक रुपमा बौद्ध परम्पराअनुसार भिक्षु् महासंघलाई कथिन चीवर दान र अष्ट परिष्कार दान गरेका हुन् । असोजको पूर्णिमादेखि कार्तिकको पूर्णिमासम्म एक महिना चल्ने वर्षाबासमा बसेका भिक्षुहरुका लागि कथिन दान गरिन्छ ।

भिक्षुले लगाउने पहेंलो वस्त्र र भिक्षापात्रलाई चीवर भनिन्छ । अष्ट परिष्कारमा भिक्षुका लागि आवश्यक दाह्री–कपाल खोरने सामान, भित्री र बाहिरी कपडा, सियाधागोलगायत आठ सामग्री हुन्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register