रविलाई शुक्रबारमात्रै पोखरा पठाइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री लामिछानेको बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयान सकिएको छ ।  मंगलबार बयानका लागि  रुपन्देही पुर्‍याइएका लामिछानेको बिहीबार साँझ बयान सकिएको हो । बयान सकिए पनि त्यसलाई   प्रमाणीकरण गराउँदा राति अबेर भएपछि उनलाई शुक्रबार मात्र पोखरा पठाइने भएको एक प्रहरी अधिकृतले जानकारी दिए । बयानका क्रममा लामिछानेसँग  […]

Nov 14, 2024 - 15:11
 0
रविलाई शुक्रबारमात्रै पोखरा पठाइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री लामिछानेको बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयान सकिएको छ ।  मंगलबार बयानका लागि  रुपन्देही पुर्‍याइएका लामिछानेको बिहीबार साँझ बयान सकिएको हो । बयान सकिए पनि त्यसलाई   प्रमाणीकरण गराउँदा राति अबेर भएपछि उनलाई शुक्रबार मात्र पोखरा पठाइने भएको एक प्रहरी अधिकृतले जानकारी दिए ।

बयानका क्रममा लामिछानेसँग  ७० भन्दा बढी लिखित प्रश्न सोधिएको र उनले इन्कारी बयान दिएको बताइएको छ । उनीसँग  सरकारी वकिलको कार्यालय रुपन्देहीले पहिलो दिन मौखिक र बुधबारदेखि लिखित बयान लिएको थियो ।

सहकारी ठगीको आरोपमा उनलाई २ कात्तिकमा  रास्वपा पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको थियो । प्रहरीले उनीमाथि सहकारी ठगी, संगठित अपराधका साथै सम्पत्ति शुद्बीकरणको कसुरमा समेत अनुसन्धान गरिरहेको छ ।

संसदीय विशेष छानबिन समितिले सुप्रिम सहकारीको रकम समेत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको भन्दै उनीसहितका व्यक्तिलाई कारबाही सिफारिस गर्दै प्रतिवेदन बुझाएको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register