शिवसताक्षीमा अपाङ्गता भएका बालबालिका पहिचान सम्बन्धी अभिमूखीकरण

शिवसताक्षी, २९ कात्तिक । झापाको शिवसताक्षी नगरपालिकामा नव जात शिशुको जन्मजात पहिचान र त्यसको व्यवस्थापन सम्वन्धी अभिमूखीकरण गरिएको छ । शिवसताक्षी नगरपालिकाको आयोजना तथा करुणा फाउण्डेसनको सहकार्यमा अभिमुखीकरण गरिएको हो । अभिमुखकीकरणमा अपाङ्गगता भएका बालबालिकाहरुलाई कसरी पहिचान गर्ने, पहिचान भएका अपाङ्गतालाई कसरी यकिन गर्ने, अपाङ्गताको पहिचान र मूल्याङ्कनको कसरी अभिलेख राख्ने लगायतका विषयमा अभिमूखीकरण गरिएको [...] The post शिवसताक्षीमा अपाङ्गता भएका बालबालिका पहिचान सम्बन्धी अभिमूखीकरण appeared first on Jhapa Online.

Nov 14, 2024 - 15:12
 0
शिवसताक्षीमा अपाङ्गता भएका बालबालिका पहिचान सम्बन्धी अभिमूखीकरण

शिवसताक्षी, २९ कात्तिक । झापाको शिवसताक्षी नगरपालिकामा नव जात शिशुको जन्मजात पहिचान र त्यसको व्यवस्थापन सम्वन्धी अभिमूखीकरण गरिएको छ ।

शिवसताक्षी नगरपालिकाको आयोजना तथा करुणा फाउण्डेसनको सहकार्यमा अभिमुखीकरण गरिएको हो । अभिमुखकीकरणमा अपाङ्गगता भएका बालबालिकाहरुलाई कसरी पहिचान गर्ने, पहिचान भएका अपाङ्गतालाई कसरी यकिन गर्ने, अपाङ्गताको पहिचान र मूल्याङ्कनको कसरी अभिलेख राख्ने लगायतका विषयमा अभिमूखीकरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

अभिमुखीकरण कार्यक्रमकी अध्यक्ष तथा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले नगर भित्र पनि अपाङ्गगता भएका बाललिकाहरु रहेको तर पहिचान नभएका धेरै रहेको बताइन् । करुणा फाउण्डेशन मार्फत गरिएको कार्यक्रमबाट अपाङ्गता भएका बालबालिकाहरुलाई पहिचान गर्न सहज भएको र उनीहरुलाई राज्यले दिने सुविधाहरु बालबालिका सम्म पु¥याउन सकिने समेत जानकारी दिइन् ।

अभिमुखीकरण कार्यक्रम दुई चरण गरेर चार दिन गरिएको करुणा फाउण्डेसन नेपालका पालिका संयोजक सुरेन्द्र गिरीले जानकारी दिए । अपाङ्गता भएका बालबालिकाहरु पहिचानकालाई शिवसताक्षी नगरपालिका भित्रका स्वास्थ्य कर्मीहरुलाई सहभागी गराई अभिमुखीकरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । अभिमुखीकरणमा डा. नविन उराउले सहजीकरण गरेका थिए ।

अभिमूखीकरण शिवसताक्षी नगरपालिका, करुणा फाउण्डेसन र सामाजिक विकास मन्त्रालयको साझोदारीमा भएको थियो भने कार्यक्रम सञ्चालन शिवसताक्षी नगरपालिका फोकल पर्सन निर्मला सिग्देलले गरेकी थिइन् ।

The post शिवसताक्षीमा अपाङ्गता भएका बालबालिका पहिचान सम्बन्धी अभिमूखीकरण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register