पुष्पा-२ को लाइभ कार्यक्रममा महिला मृत्यु प्रकरण : ३ जना पक्राउ

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको चलचित्र ‘पुष्पा-२’ को प्रिमियरमा भागदौडका क्रममा एक महिलाको मृत्यु भएको घटनामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थिएटर सञ्चालक सन्दीप, थिएटर म्यानेजर नागराजु र बालकनी सुपरभाइजर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पक्राउको पुष्टि चिक्कडपल्लीका एसीपी एल. रमेश कुमारकले भिडिओ सेयर गर्दै गरेका छन् । भिडिओमा […]

Dec 9, 2024 - 06:55
 0
पुष्पा-२ को लाइभ कार्यक्रममा महिला मृत्यु प्रकरण : ३ जना पक्राउ

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको चलचित्र ‘पुष्पा-२’ को प्रिमियरमा भागदौडका क्रममा एक महिलाको मृत्यु भएको घटनामा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा थिएटर सञ्चालक सन्दीप, थिएटर म्यानेजर नागराजु र बालकनी सुपरभाइजर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पक्राउको पुष्टि चिक्कडपल्लीका एसीपी एल. रमेश कुमारकले भिडिओ सेयर गर्दै गरेका छन् । भिडिओमा उनले भनेका छन्, ‘आज जाँचका क्रममा यस घटनामा संलग्न तीन जनालाई पक्राउ गरी अदालतमा पेस गरेका छौँ । यिनीहरूलाई न्यायिक हिरासतमा पनि पठाइएको छ । घाइते बालकको अवस्था सुधार भइरहेको छ ।’

जानकारीअनुसार घटनापछि मृतकका परिवारले प्रहरीमा उजुरी दिएका थिए । तीनै जनाविरुद्ध भारतीय न्याय संहिता ऐनको धारा १०५ र ११८ (१) र ३ (५) अन्तर्गत मुद्दा दर्ता गरिएको छ । घटनामा घाइते भएका ९ वर्षीय बालक श्रीतेजको स्वास्थ्यमा सुधार भइरहेको भनिएको छ ।

के थियो घटना ?

गत बुधबार राति हैदराबादको सन्ध्या थिएटर पुष्पा-२ को विशेष प्रिमियर थियो । यस कार्यक्रममा फिल्मका मुख्य अभिनेता अल्लु अर्जुन पनि पुगेका थिए । हलबाहिर उनलाई हेर्न भीड जम्मा भएको थियो ।

एक्कासी भागदौड मच्चिँदा रेवती नाम गरेकी एक महिलाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । घाइते हुनेमा रेवतीको ९ वर्षीय छोरा श्रेतेज पनि थिए ।

आफ्नो श्रीमती र छोराको अवस्थाको जिम्मेवार अभिनेता अल्लु अर्जुन भएको मृतक महिलाका पतिको भनाइ छ । अभिनेताको टिमले उनी थिएटरमा आउन लागेको कुरा प्रहरीलाई भनेको भए यति ठूलो घटना हुने थिएन भन्ने तर्क छ ।

यो घटनापछि अल्लुले आफ्नो एक्स ह्यान्डलमा भिडिओ सेयर गर्दै मृतक महिलाको परिवारलाई २५ लाख भारु सहयोग गर्ने घोषणा गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register