एमाले कार्यालयको जग्गा विवाद : न्यायाधीशद्वय मल्ल र मुसलमानको इजलासमा पेसी

काठमाडौं । भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गादानसम्बन्धी विवादमा दायर भएको रिटको पेसी न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको इजलासमा तोकिएको छ । यसअघि आइतबार उक्त मुद्दा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा पेसी परेको थियो । तर, हेर्न नभ्याउने हुँदै स्थगित भएपछि थियो । अधिवक्ता ज्ञानबहादुर […]

Nov 19, 2024 - 05:37
 0
एमाले कार्यालयको जग्गा विवाद : न्यायाधीशद्वय मल्ल र मुसलमानको इजलासमा पेसी

काठमाडौं । भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गादानसम्बन्धी विवादमा दायर भएको रिटको पेसी न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको इजलासमा तोकिएको छ ।

यसअघि आइतबार उक्त मुद्दा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा पेसी परेको थियो ।

तर, हेर्न नभ्याउने हुँदै स्थगित भएपछि थियो । अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा आज पनि सुनुवाइ हुने सम्भावना न्यून रहेको छ ।

अधिवक्ता बस्नेतले रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाएका थिए । उनले रिटमा भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट पार्टीले जग्गा दान लिने विषय कानूनको मर्मविपरीत भएको जिकिर गरेका थिए ।

भाटभटेनी सुपरस्टोरका सञ्चालक गुरुङले गत असोज २५ गते काठमाडौंको कीर्तिपुर-२, मैत्रीनगरमा नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन १० रोपनी १४ आना जग्गा दिएको घोषणा गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवनको शिलान्यास समेत गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register