आईएसपीको जस्तै मोडेल अपनाउँदै एनसेल, सब्सक्रिप्सन लिनेले मात्र कल, एसएमएस र डेटा चलाउन पाउने
काठमाडौं । आगामी दिनमा एनसेलको सिम चलाउन पनि इन्टरनेट सेवा प्रदायकको जस्तै सब्सक्रिप्सन लिनुपर्ने भएको छ । बुधबार सञ्चारकर्मीहरूसँगको मिट एन्ड ग्रिट कार्यक्रमका दौरान एनसेलले यस्तो योजना अगाडि सारेको हो । निरन्तर रूपमा टेलिकम कम्पनीहरूको आम्दानी घट्दै गएको र नेटवर्क सञ्चालन तथा स्तरोन्नतिका लागि आवश्यक लगानी समेत जुटाउन नसक्ने अवस्था रहेको भन्दै एनसेलले समाधानका लागि पछिल्ला दिनहरूमा आफ्नो नीति परिवर्तन गरिरहेको छ । डेटा प्रयोगकर्ताका लागि सधैं अन नामक योजना ल्याएको कम्पनीले केही दिन अघि रिचार्जको भ्यालिडिटी (मान्य) अवधि घटा...

What's Your Reaction?






