लुम्बिनीको यात्रा लिग चरणमै रोकियो, काठमान्डुसँग हार्दा प्लेअफको सम्भावना समाप्त

काठमाडौं । एनपीएलमा लुम्बिनी लायन्सको यात्रा लिग चरणमै रोकिएको छ । बुधबार भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित हुँदा लुम्बिनी लिग चरणमा नै रोकिने पहिलो टोली बनेको छ । यसअघि लगातार ४ खेलमा पराजित भएको लुम्बिनीले मंगलबार चितवन राइनोजलाई पराजित गरेको थियो । लुम्बिनी जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, र विराटनगर किंग्ससँग पराजित […]

Dec 11, 2024 - 10:39
 0
लुम्बिनीको यात्रा लिग चरणमै रोकियो, काठमान्डुसँग हार्दा प्लेअफको सम्भावना समाप्त

काठमाडौं । एनपीएलमा लुम्बिनी लायन्सको यात्रा लिग चरणमै रोकिएको छ ।

बुधबार भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित हुँदा लुम्बिनी लिग चरणमा नै रोकिने पहिलो टोली बनेको छ ।

यसअघि लगातार ४ खेलमा पराजित भएको लुम्बिनीले मंगलबार चितवन राइनोजलाई पराजित गरेको थियो । लुम्बिनी जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, र विराटनगर किंग्ससँग पराजित भएको थियो ।

चितवनलाई हराउँदै २ अंक जोडेको लुम्बिनी पाँचौं स्थानमा उक्लिएको थियो । प्लेअफमा पुग्ने सम्भावना कायम राख्न लिग चरणको अन्तिम २ खेलमा गुर्खाज र पोखरा एभेन्जर्सविरुद्ध जित हासिल गर्नै पर्ने लुम्बिनीलाई दबाब थियो ।

काठमान्डुले दिएको १०४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको लुम्बिनी १९.२ ओभरमा अलआउट हुँदै ८५ रनमा सिमित भयो ।

लुम्बिनीका सन्दीप जोराले २६ बनाउँदा उन्मुक्त चन्दले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

गुर्खाजका लागि कप्तान करण केसीले ४ तथा दीपेश कँडेलले ३ र गेर्हार्ड इरास्मसले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गुर्खाज काठमान्डु १९.२ मा अलआउट हुँदै १०३ रनमा सीमित भएको थियो ।

जारी एनपीएलमा पहिले ब्याटिङ गर्ने टोलीले बनाएको यो अहिलेसम्मकै कम स्कोर हो । यसअघि पनि पोखरा एभेन्जर्सले बनाएको १०३ रन नै कम स्कोर थियो ।

गुर्खाजका लागि भीम सार्कीले ३१ रन बनाए । स्टीफन एस्किनाजीले १३ रन र डेन डउथवेटले २१ रन बनाए ।

लुम्बिनीका लागि साद बिन जफर र अभिषेश गौतमले २–२ तथा सूर्य तामाङ, विवेक तामाङ र रामोन सिमन्ड्सले १–१ विकेट लिए ।

अब आफ्नो अन्तिम खेलमा लुम्बिनीले शुक्रबार पोखरा एभेन्जर्ससँग सान्त्वना जितको लागि खेल्ने छ ।

आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमा उक्लिएको छ । ८ अंकसहित सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमा छ भने ८ अंक भएको जनकपुर बोल्ट्स दोस्रो स्थानमा छ ।

६ अंकसहित चितवन राइनोज तेस्रो र समान अंक भएको कर्णाली चौथो स्थानमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register