चलाउन नसकेपछि नेपालका ३ वटा पाँचतारे होटल बन्द

काठमाडौँ । नेपालका तीन वटा पाँचतारे होटल बन्द भएका छन् । सञ्चालन खर्च नै उठाउन नसकेपछि नेपालमा खुलेका पाँचतारे होटलमध्ये तीन होटलको सेवा बन्द भएको हो । सेवा बन्द हुने पाँचतारे होटलमा पोखराको होटल द फूलबारी लिमिटेड, काठमाडौँको लाजिम्पाटस्थित होटल सांग्रिला र दरबारमाग्रस्थित होटल डेला अन्नपूर्ण रहेका छन् । यी होटलहरु आन्तरिक कारणले बन्द भएको […]

Dec 11, 2024 - 03:59
 0
चलाउन नसकेपछि नेपालका ३ वटा पाँचतारे होटल बन्द

काठमाडौँ । नेपालका तीन वटा पाँचतारे होटल बन्द भएका छन् । सञ्चालन खर्च नै उठाउन नसकेपछि नेपालमा खुलेका पाँचतारे होटलमध्ये तीन होटलको सेवा बन्द भएको हो ।

सेवा बन्द हुने पाँचतारे होटलमा पोखराको होटल द फूलबारी लिमिटेड, काठमाडौँको लाजिम्पाटस्थित होटल सांग्रिला र दरबारमाग्रस्थित होटल डेला अन्नपूर्ण रहेका छन् । यी होटलहरु आन्तरिक कारणले बन्द भएको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार बन्द भएको तीन होटलमध्ये अन्नपूर्ण होटलको नवीकरणको अवधि अझै बाँकी रहेकाले अन्नपूर्ण होटलको कानूनी मान्यता भने बाँकी रहेको छ ।

त्यस्तै, हाल बन्द भएको अन्नपूर्ण होटल रहेको स्थानमा २५ तलाको अन्नपूर्ण स्क्वायर होटल निर्माण हुँदैछ । जसको लागत ६ अर्ब रुपैयाँ रहने बताइएको छ । उक्त होटलमा भाटभटेनी, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले लगानी गर्दैछन् । उक्त होटल २०८५ सालदेखि सञ्चालन गर्ने योजना रहेको तयारी गरिएको छ ।

यता फूलबारी र सांग्रिलाको भने नवीकरण अवधि पनि सकिएकोले यी दुवै होटलले पाँचतारे होटलको कानूनी मान्यता नपाउने विभागले जनाएको छ । कोभिड महामारीपछि थलिएका यी होटलहरु त्यसपश्चात उठ्न सकेको छैनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register