मोजाम्बिकमा विरोध प्रदर्शनको फाइदा उठाएर जेलबाट १५ सयभन्दा बढी कैदी भागे
काठमाडौं । अफ्रिकी देश मोजाम्बिकको जेलबाट १५ सयभन्दा बढी कैदी भागेका छन् । चुनावी नतिजाविरुद्ध जारी हिंसात्मक प्रदर्शनको फाइदा उठाउँदै उनीहरू फरार भएको त्यहाँको प्रहरीले जनाएको छ । मोजाम्बिकका प्रहरी प्रमुख बर्नार्डो राफेलले सुरक्षा गार्डसँगको झडपमा ३३ जनाको मृत्यु भएको र १५ जना घाइते भएको बताएका छन् । उनका अनुसार १५० भन्दा बढी फरार प्रतिवादी […]

काठमाडौं । अफ्रिकी देश मोजाम्बिकको जेलबाट १५ सयभन्दा बढी कैदी भागेका छन् । चुनावी नतिजाविरुद्ध जारी हिंसात्मक प्रदर्शनको फाइदा उठाउँदै उनीहरू फरार भएको त्यहाँको प्रहरीले जनाएको छ ।
मोजाम्बिकका प्रहरी प्रमुख बर्नार्डो राफेलले सुरक्षा गार्डसँगको झडपमा ३३ जनाको मृत्यु भएको र १५ जना घाइते भएको बताएका छन् ।
उनका अनुसार १५० भन्दा बढी फरार प्रतिवादी फेरि पक्राउ परेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।
अदालतको फैसलापछि मोजाम्बिकमा सोमबारदेखि प्रदर्शन सुरु भएको छ । अदालतले अक्टोबरमा भएको निर्वाचनमा सत्तारुढ फ्रेलिमो पार्टीको जितको पक्षमा फैसला गरेको थियो ।
यो पार्टी मोजाम्बिकमा सन् १९७५ देखि सत्तामा छ । अक्टोबरमा भएको विवादास्पद निर्वाचनपछि देशमा अशान्ति छाएको छ ।
बुधबार सरकारविरोधी सङ्गठनका प्रदर्शनकारीहरू राजधानीको कारागारमा पुगेका थिए, जसको फाइदा उठाउँदै कैदीहरू कारागारको पर्खाल भत्काएर भागेका हुन् ।
What's Your Reaction?






