भारतविरुद्ध अस्ट्रेलियाको राम्रो सुरुवात, ‘डेब्यू’ गरेका कोन्स्टासले बनाए अर्धशतक
काठमाडौं । भारत र अस्ट्रेलियाबीच जारी टेस्ट क्रिकेट श्रृंखलाको चौथो खेलमा अष्ट्रेलियाले राम्रो सुरुवात गरेको छ । मेलबर्नमा जारी खेलमा लन्च ब्रेकसम्म अष्ट्रेलियाले एक विकेट गुमाएर ११२ रन बनाएको छ । घरेलु टोली अस्ट्रेलियाबाट डेब्यू गरेका साम कोन्स्टासले अर्धशतक बनाए । उनी ६० रन बनाएर रवीन्द्र जडेजाको बलमा आउट भएका छन् । बिहीबार बिहान अष्ट्रेलियाले […]

काठमाडौं । भारत र अस्ट्रेलियाबीच जारी टेस्ट क्रिकेट श्रृंखलाको चौथो खेलमा अष्ट्रेलियाले राम्रो सुरुवात गरेको छ ।
मेलबर्नमा जारी खेलमा लन्च ब्रेकसम्म अष्ट्रेलियाले एक विकेट गुमाएर ११२ रन बनाएको छ । घरेलु टोली अस्ट्रेलियाबाट डेब्यू गरेका साम कोन्स्टासले अर्धशतक बनाए । उनी ६० रन बनाएर रवीन्द्र जडेजाको बलमा आउट भएका छन् ।
बिहीबार बिहान अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । यो खेलमा भारतले शुभमन गिलको स्थानमा वासिङ्टन सुन्दरलाई टोलीमा राखेको छ ।
पाँच टेस्टको यो शृंखला अहिले एक–एकको बराबरीमा छ । पहिलो खेल भारतले जितेको थियो भने दोस्रोमा अस्ट्रेलियाले जित हात पारेको थियो ।
ब्रिस्बेनमा खेलिएको शृंखलाको तेस्रो टेस्ट वर्षाले प्रभावित भएको थियो र बराबरीमा टुंगिएको थियो ।
What's Your Reaction?






