गरिमा विकास बैंकको ‘रोड टु रेस कम्पिटिसन-२०८१’ सम्पन्न

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा मंसिर ८ गते शनिबार आयोजना गरेको ‘रोड टु रेस कम्पिटिसन-२०८१’ सम्पन्न भएको छ । प्रतियोगिताका प्रमुख अतिथि किर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरद्धारा उद्धघाटन गरिएको उक्त रोड टु रेस कम्पिटिसनको खुल्लातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कुल ४ वटा प्रतियोगिता आयोजना गरिएको […]

Nov 24, 2024 - 07:41
 0
गरिमा विकास बैंकको ‘रोड टु रेस कम्पिटिसन-२०८१’ सम्पन्न

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा मंसिर ८ गते शनिबार आयोजना गरेको ‘रोड टु रेस कम्पिटिसन-२०८१’ सम्पन्न भएको छ ।

प्रतियोगिताका प्रमुख अतिथि किर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरद्धारा उद्धघाटन गरिएको उक्त रोड टु रेस कम्पिटिसनको खुल्लातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कुल ४ वटा प्रतियोगिता आयोजना गरिएको थियो ।

खुल्ला तर्फको १० कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौँबाट सुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिकाको गणेशचोकमा पुगी पुन: लाजिम्पाटआई समापन हुने गरी रुट तय गरिएको थियो भने कर्पोरेट तर्फको ५ कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटबाट सुरु भई नारायणगोपालचोक पुगी पुनः लाजिम्पाटआई समापन हुने गरी रुट तय गरिएको थियो ।

कुल ६५० जना भन्दा बढी धावकहरुको सहभागिता रहेको उक्त प्रतियोगिताका हरेक विधामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने निम्न प्रतिस्पर्धीहरुलाई क्रमशः रु.७५ हजार, रु.६० हजार, रु.४५ हजार, रु.३० हजार, र रु.१५ हजार नगद पुरस्कार, मेडल र प्रमाण-पत्र प्रदान गरिएको थियो ।

बैंकले १८औं वार्षिकोत्सवको अवसरमा यस कार्यक्रम सहित देशभर १८ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु समेत सम्पन्न गरेको छ । विकास बैंकले यस किसिमको रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register