अध्यक्ष नियुक्ति प्रक्रिया अगाडी बढेपछि गार्डिन माइक्रोलाई हतारहतार आइपीओ स्वीकृति, ‘हतारो नै शंकास्पद, लेनदेनको शंका !’

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त हुँदै गर्दा बोर्डले हतारहतार गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको छ । काबा अध्यक्षले दीर्घकालीन निर्णय नगर्ने भन्दै कुनै पनि कम्पनीको आइपीओ स्वीकृति नदिएका बेला बोर्डमा गरिएको यस्तो हतारोलाई शंकास्पद रुपमा हेरिएको छ । ‘रिलायन्स स्पिनिङको आइपीओ विवादमा परेपछि थप निर्णय भएको थिएन । […]

Nov 25, 2024 - 08:05
 0
अध्यक्ष नियुक्ति प्रक्रिया अगाडी बढेपछि गार्डिन माइक्रोलाई हतारहतार आइपीओ स्वीकृति, ‘हतारो नै शंकास्पद, लेनदेनको शंका !’

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त हुँदै गर्दा बोर्डले हतारहतार गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको छ । काबा अध्यक्षले दीर्घकालीन निर्णय नगर्ने भन्दै कुनै पनि कम्पनीको आइपीओ स्वीकृति नदिएका बेला बोर्डमा गरिएको यस्तो हतारोलाई शंकास्पद रुपमा हेरिएको छ ।

‘रिलायन्स स्पिनिङको आइपीओ विवादमा परेपछि थप निर्णय भएको थिएन । अहिलेको नेतृत्वले नगर्ने नै भन्ने थियो ।’ बोर्डकै एक अधिकारीले अर्थ सरोकारसँग भने, ‘माथिकै लेनदेन हो कि भन्ने शंका धेरैलाई भएको छ ।’

उनका अनुसार अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेकै दिन सो कम्पनीले स्वीकृति पाउनु शंकास्पद छ ।

आइतबार बोर्डले सो कम्पनीलाई ७५ लाख कित्ता सेयर निष्कासनको स्वीकृति दिएको छ । जसमध्ये सर्वसाधारणलाई ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ भने बाँकी ७० प्रतिशत संस्थापक समूहको रहनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न स्वीकृति पाएको हो ।

माइक्रो इन्स्योरेन्स कम्पनीले कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नैपर्ने व्यवस्था छ । तर यो नयाँ अध्यक्षले गर्ने कुरा थियो । तर हतारहतार बोर्डमा यहि बाध्यकारी व्यवस्था देखाएर आइपीओ स्वीकृति दिईएको छ ।
अव यो विषय पनि अख्तियार हुँदै, सार्वजनिक लेखा समितिसम्म जाने र आफुले गर्दै नगरेको काममा नयाँ अध्यक्षले दु:ख पाउने संकेत देखिएको बोर्डकै अधिकारीहरु बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register