आइतबार ४७.४४ अंकले घट्यो नेप्से परिसूचक, ८ अर्बमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९ सय १९ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब १८ करोडमाथिको सेयर कारोबार भएको छ । […]

Oct 20, 2024 - 10:37
 0
आइतबार ४७.४४ अंकले घट्यो नेप्से परिसूचक, ८ अर्बमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९ सय १९ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब १८ करोडमाथिको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा धेरै कारोबार गुडविल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको ४५ करोड ७ लाख १ हजार ६ सय ३० रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज कुथेली बुखरी स्माल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, इस्टर्ण हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा  नेगेटिभ सर्किट लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register