बोर्डर–गावस्कर सिरिज : भारतले अस्ट्रेलियालाई २९५ रनले हरायो

काठमाडौं । बोर्डर–गावस्कर टेस्ट सिरिजको पहिलो खेलमा भारतीय क्रिकेट टोलीले अस्ट्रेलियालाई पराजित गरेको छ । पर्थमा भएको खेलको पहिलो इनिङ्समा भारतले १ सय ५० रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले १ सय ४ रन मात्रै बनाउन सकेको थियो । भारतले ४८७ रन बनाएर दोस्रो इनिङ्स घोषणा गरेको थियो । ५३४ रनको लक्ष्य पछ्याउन आएको अष्ट्रेलियाको […]

Nov 25, 2024 - 08:11
 0
बोर्डर–गावस्कर सिरिज : भारतले अस्ट्रेलियालाई २९५ रनले हरायो

काठमाडौं । बोर्डर–गावस्कर टेस्ट सिरिजको पहिलो खेलमा भारतीय क्रिकेट टोलीले अस्ट्रेलियालाई पराजित गरेको छ ।

पर्थमा भएको खेलको पहिलो इनिङ्समा भारतले १ सय ५० रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले १ सय ४ रन मात्रै बनाउन सकेको थियो ।

भारतले ४८७ रन बनाएर दोस्रो इनिङ्स घोषणा गरेको थियो । ५३४ रनको लक्ष्य पछ्याउन आएको अष्ट्रेलियाको टोली २३८ रन मात्रै बनाउन सक्यो । भारत २९५ रनले विजयी हुनुका साथै सिरिजमा १-० को अग्रता पनि बनाएको छ ।

अष्ट्रेलियाका लागि दोस्रो इनिङ्समा भारतीय कप्तान जसप्रित बुमराह र मोहम्मद सिराजले तीन–तीन विकेट लिए । उनलाई वासिङ्टन सुन्दर र नितिश कुमार रेड्डीले राम्रो साथ दिए ।

अष्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ८९ रनको पारी खेले । त्यस्तै, मिचेल मार्सले ४७ रन बनाए ।

भारतका लागि दोस्रो इनिङ्समा यशस्वी जैसवालले १६१ रन, विराट कोहलीले १०० (अनटआउट) र केएल राहुलले ७७ रन बनाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register