सरकारलाई एमालेको ध्यानाकर्षण- अनुसन्धान प्रभावित पार्ने रास्वपाको गतिविधि नियन्त्रण गर्नू

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) ले अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार एमाले महासचिव शंकर पोखरेलले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा गरिरहेको आन्दोलनले रवि लामिछानेलगायतका सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरूमाथिको अनुसन्धान प्रभावित हुने उल्लेख गरेका […]

Oct 24, 2024 - 08:31
 0
सरकारलाई एमालेको ध्यानाकर्षण- अनुसन्धान प्रभावित पार्ने रास्वपाको गतिविधि नियन्त्रण गर्नू

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) ले अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बिहीबार एमाले महासचिव शंकर पोखरेलले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा गरिरहेको आन्दोलनले रवि लामिछानेलगायतका सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरूमाथिको अनुसन्धान प्रभावित हुने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, “नेपाल सरकारलाई त्यस प्रकारको गतिविधि नियन्त्रण गर्न र स्वच्छ र निष्पक्ष न्यायिक निरूपणको वातावरण तयार पार्न अनुरोध छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register