एनपीएलको ‘ड्रिभन बाइ’ सह–प्रायोजकमा ओमोडा एन्ड जेइको

काठमाडौं । ओमोडा एन्ड जेइकोले नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा सहप्रायोजकको रुपमा साझेदारी गरेको छ । क्यान र ओमोडा एन्ड जेइकोबीच एनपीएल प्रायोजनको लागि हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एन्ड जेइको र एनपिएलबीचको यो सहकार्यते नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि […]

Nov 26, 2024 - 10:53
 0
एनपीएलको ‘ड्रिभन बाइ’ सह–प्रायोजकमा ओमोडा एन्ड जेइको

काठमाडौं । ओमोडा एन्ड जेइकोले नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा सहप्रायोजकको रुपमा साझेदारी गरेको छ ।

क्यान र ओमोडा एन्ड जेइकोबीच एनपीएल प्रायोजनको लागि हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एन्ड जेइको र एनपिएलबीचको यो सहकार्यते नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि टेवा पुयाउने विश्वास व्यक्त गरेका छन् ।

उनले क्रिकेटका लागि लोकप्रियता तथा सफलता पाउँदै गरेको यो खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुर्याउने उनी बताउँछन् ।

सो कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्‌का क्यान र एनपीएलका सदस्यहरू एसपीरी अटोमोबाइल्सका निर्देशक गौरव शारडा तथा अन्य व्यवस्थापकीय सदस्यहरूको उपस्थिति रहेको थियो ।

एनपीएलका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यही मंसिर १५ देखि पुस ६ गतेसम्म हुने तालिका रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register