सहकारी सम्बन्धी अध्यादेश रास्वपाको केन्द्रीय समिति बैठकको एजेण्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी २० र २१ गते बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको छ । काठमाडौंको स्वयम्भु स्टार ब्यान्क्वेटमा बस्ने बैठकमा सरकारले ल्याएको सहकारीसम्बन्धी विधेयकबारे पनि छलफल हुने पार्टीका कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकको पहिलो दिन समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ हुने उनले बताए  । उनका अनुसार […]

Jan 2, 2025 - 12:56
 0
सहकारी सम्बन्धी अध्यादेश रास्वपाको केन्द्रीय समिति बैठकको एजेण्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी २० र २१ गते बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको छ ।

काठमाडौंको स्वयम्भु स्टार ब्यान्क्वेटमा बस्ने बैठकमा सरकारले ल्याएको सहकारीसम्बन्धी विधेयकबारे पनि छलफल हुने पार्टीका कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठकको पहिलो दिन समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ हुने उनले बताए  । उनका अनुसार सोही दिन स्थानीय तह उपनिर्वाचनको समीक्षा, संगठन सवलीकरण लगायतका छलफल हुने कार्यतालिका तय भएको छ ।

त्यस्तै, संघीय संसद्मा दर्ता भएका विधेयकहरूबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

रास्वपाले संविधान परिमार्जनसम्बन्धी छलफल पनि गर्ने बताएको छ ।

जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनैतिक प्रतिवेदनहरूका आधारमा गर्नुपर्ने, पार्टीको आगामी कार्यदिशा, आचारसंहिता लगायतका विषयमा छलफल हुने रास्वपाले बताएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register