३८ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ९ अर्ब माथि 

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३८ दशमलव ८१ अंकले बढेर २७५५ दशमलव ४७ को विन्दुमा पुगेको छ । बुधबार ३१६ कम्पनीका ८९ हजार पटकको कारोबारमा १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम […]

Nov 27, 2024 - 09:41
 0
३८ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ९ अर्ब माथि 

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३८ दशमलव ८१ अंकले बढेर २७५५ दशमलव ४७ को विन्दुमा पुगेको छ ।

बुधबार ३१६ कम्पनीका ८९ हजार पटकको कारोबारमा १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

१९९ कम्पनीको सेयर मूल्य बढ्दा ४० कम्पनीको घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये फाइनान्स इन्डेक्स १७ दशमलव ६४ अंकले घटेको छ भने बाँकी सबैमा हरियाली छाएको छ ।

आज ७ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register