निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको निजी क्षेत्रलाई सरकारले आर्थिक क्रियाकलापमा समेट्न खोजेको बताएका छन् । भृकुटीमण्डपमा आजदेखि सुरु भएको प्लाष्ट नेपालको तीन दिने प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रको सहकार्य बिना आर्थिक क्षेत्रका समस्या समाधान गर्न नसकिने बताए । पछिल्लो समय आर्थिक सूचकाङ्हरुमा सुधार देखिएको उल्लेख गर्दै उनले […]

Nov 28, 2024 - 08:17
 0
निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको निजी क्षेत्रलाई सरकारले आर्थिक क्रियाकलापमा समेट्न खोजेको बताएका छन् ।

भृकुटीमण्डपमा आजदेखि सुरु भएको प्लाष्ट नेपालको तीन दिने प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रको सहकार्य बिना आर्थिक क्षेत्रका समस्या समाधान गर्न नसकिने बताए ।

पछिल्लो समय आर्थिक सूचकाङ्हरुमा सुधार देखिएको उल्लेख गर्दै उनले पुँजी बजारमा निजी क्षेत्रको उपस्थिति बढाउनुपर्नेमा जोड दिए ।

मन्त्री भण्डारीले भने, “पुँजी बजारलाई बढाउनुपर्ने छ, स्वदेशी उत्पादन बढाउनुपर्ने छ, व्यापार घाटा न्यून गर्नुपर्ने छ, नविनतम प्रविधि भित्र्याउनुपर्ने छ, आयात प्रतिस्थापन गर्दै निर्यात बढाउनुपर्ने मुख्य चुनौती हाम्रा सामु छ ।”

उनले उद्योग व्यवसायसँग सम्बन्धित बाधक विभिन्न कानुन परिमार्जनका लागि सरकारले तयारी गरेको बताएका छन् । स्वदेशी लगानीकर्तालाई उत्साहित हुने गरेर सरकारले सुविधा दिइने उनको भनाइ छ । नेपालमा लगानीमैत्री वातावरण रहेको उल्लेख गर्दै उनले समग्र उद्योगी व्यवसायीलाई नेपालमा लगानी बढाउन आग्रह गरे ।

“सरकार मेरो छ, म उद्योग चलाइरहेको छु, सरकार साथमा छ भन्ने महसुस अहिलेको सरकारले गराउन खोजेको छ”, मन्त्री भण्डारीले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register