३२ सिटेको शासन अन्त्य गर्नुपर्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश विकास गर्न बलियो राजनीतिक दलको आवश्यकता रहेको बताएका छन् । बिहीबार कीर्तिपुरमा पार्टीको चुनावी सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एमालेका तर्फबाट उम्मेदवार रहेका डा. सुरेन्द्र मानन्धरलाई भोट माग्दै उनले भने, ‘देश विकास गर्न बलियो राजनीतिक दलको आवश्यकता देखिएको छ । ३२ सिटे पार्टीको शासन […]

Nov 28, 2024 - 12:11
 0
३२ सिटेको शासन अन्त्य गर्नुपर्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश विकास गर्न बलियो राजनीतिक दलको आवश्यकता रहेको बताएका छन् ।

बिहीबार कीर्तिपुरमा पार्टीको चुनावी सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले एमालेका तर्फबाट उम्मेदवार रहेका डा. सुरेन्द्र मानन्धरलाई भोट माग्दै उनले भने, ‘देश विकास गर्न बलियो राजनीतिक दलको आवश्यकता देखिएको छ । ३२ सिटे पार्टीको शासन अन्त्य गर्नुपर्छ । देशलाई अस्थिरताबाट टाढा राख्नुपर्छ । युवालाई राजनीतिमा ल्याउनुपर्छ ।’

स्थिर राजनीति देशले खोजेको उनको भनाइ छ । देशलाई विकासको बाटोमा डोहोर्‍याउन एमालेको सरकार खाँचो रहेको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register