दुर्गा प्रसाईंलाई हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा भर्ना गरियो

काठमाडौं । विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अस्पतालमा भर्ना गरिएको छ । उनलाई बिहीबार अपराह्न ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको साइबर ब्यूरोका एक अधिकृतले जानकारी दिए । यसअघि उनले न्यायाधीशसँग आफू क्यान्सर रोगी भएको र उपचार ग नपाएको गुनासो गरे पछि न्यायाधीशले स्वास्थ्य जाँच गराएर […]

Nov 28, 2024 - 14:23
 0
दुर्गा प्रसाईंलाई हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा भर्ना गरियो

काठमाडौं । विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अस्पतालमा भर्ना गरिएको छ ।

उनलाई बिहीबार अपराह्न ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको साइबर ब्यूरोका एक अधिकृतले जानकारी दिए ।

यसअघि उनले न्यायाधीशसँग आफू क्यान्सर रोगी भएको र उपचार ग नपाएको गुनासो गरे पछि न्यायाधीशले स्वास्थ्य जाँच गराएर चिकित्सकले भनेअनुसार गर्न आदेश दिएका थिए ।

त्यसपछि प्रहरीले उनलाई वीर अस्पताल लगेर जाँच गराएको थियो । अहिले पुन: उनले समस्या भएको बताएपछि पहिले जाँच गरिरहेको नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको हो । उनी ४ मंसिरमा पक्राउ परेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register