५२ वर्षदेखि नेपालमै बेपत्ता: मान्छे आउला भनेको लास आयो

धादिङ । सिद्धलेख गाउँपालिकाको कालीदह थोपल खोलामा चितामा शव  जल्दै थियो । धुवाँको मुस्लोमा शव जलिरहेको बेला छेउमा बसेर मलामीहरु भने मरेको मान्छेको उबेलाका सम्झनाहरू एक अर्कालाई सुनाइ रहेका थिए । “१८ वर्षको हुँदा फुर्तिलो थियो । गाउँमा कोही केही माग्न आए भने घरका मानिसलाई नभनिकै खानेकुरा दिन्थ्यो । गाउँमा बारीमा  पसेर काँक्रो चोर्ने फुर्तिलो […]

Nov 28, 2024 - 16:16
 0
५२ वर्षदेखि नेपालमै बेपत्ता: मान्छे आउला भनेको लास आयो

धादिङ ।

सिद्धलेख गाउँपालिकाको कालीदह थोपल खोलामा चितामा शव  जल्दै थियो । धुवाँको मुस्लोमा शव जलिरहेको बेला छेउमा बसेर मलामीहरु भने मरेको मान्छेको उबेलाका सम्झनाहरू एक अर्कालाई सुनाइ रहेका थिए ।

“१८ वर्षको हुँदा फुर्तिलो थियो । गाउँमा कोही केही माग्न आए भने घरका मानिसलाई नभनिकै खानेकुरा दिन्थ्यो । गाउँमा बारीमा  पसेर काँक्रो चोर्ने फुर्तिलो युवा थियो । ” सिद्धलेक गाउँपालिका वडा नम्बर ५ चाँपखोलाका मलामीहरुले ५२ वर्ष हराएर शव भेटिएपछि जलाउँदै गरेको अवस्थामा नातिकाजी श्रेष्ठको बारेमा  गरेका सम्झनाहरू हुन् ।

७० वर्षको उमेरमा उपचार गर्दागर्दै दार्चुलामा मृत्यु भएपछि परिवारका मानिसहरु पुगेर शव  ल्याएपछि बिहीबार दाहसंस्कार गरिएको हो ।

२०२९ साल चैततिरको कुरा हो । नातिकाजी श्रेष्ठ भाईको  भातखुवाइ पछि घर छाडेर हिडेका थिए । केही समय त खोजी भएन । २०३५ सालतिर धनगढी तिर छरे भन्ने  सुनेर परिवारका सदस्यहरु खोजी गर्न गए । तेतीखेर अहिलेजस्तो फोन केही सञ्चारका सरल साधन नभएपछि नातीकाजीलाई खोजी छाडेर परिवारका सदस्य घर फर्किएका थिए । अब मानिस हराएको र भेटिने आशा मारेर घरमै बसे । परिवारका सदस्यहरुले नातिकाजी नभएको मानेर घर व्यवहार चलाउन थाले ।

घरबाट हराएपछि विभिन्न स्थानमा मजदुरी गर्दै हिँडेको र लामा निर्माण कम्पनीले धनगढी दार्चुला सडक खन्ने काम लिएपछि नातीकाजीले सडकमा काम गर्न थाले । सडक बनाउन लामो समय लागेको र उनले यही सडकमा मजदुरी गरेर काम गरेर बसिरहेको र स्थानीयसले धादिङमा खबर गरेका कारण परिवारले जिउँदो नभेटेपनि मरेपछि लास भेटेको शव लिन पुगेका  मृतकका नातेदार लीलाबहादुर श्रेष्ठले बताए ।

एक महिना अघि दार्चुलाको गोकुलेश्वर अस्पतालमा घाँटीमा ठूलो घाउ भएर उपचारका लागि गएको र उपचारपछि पठाइएको अस्पतालका ओमप्रकाश पन्तले शव  लिन गएको टोलीललाई बताएका थिए । त्यतिखेर दार्चुलाबासीले घरखोजी गरेर प्राप्त सूचनासहित नेपाल प्रहरीमा धादिङ खबर गर्न भनेको भएपनि धादिङ प्रहरीमा भने खबर नआएकोले परिवारसम्म जिउँदो छँदा सूचना पुर्याउन नपाएको धादिङ प्रहरीले पीडित परिवारलाई बताइसकेको छ ।

पछिल्लो पटक मंसिर ३ गते विरामी सिरियस भएपछि नातीकाजीलाई भर्ना गरिएको थियो । परिवार नभएकोले स्थानीयले रकम उठाएर उपचार समेत गराएका थिए । उपचारकै क्रममा मंसिर ९ गते मृत्यु  भएको थियो । नातीकाजीको शव  नउठेपछि प्रहरीले धादिङ खबर पठाएपछि पीडित परिवार मानिस खोजेर शव  लिन गएका थिए ।

जिउन्दै  छँदा आउँछ भन्ने ठानेका परिवारले मृत शरिरमात्र पाएपछि नेपालमै हराएकाहरुको खोजी गर्न सके र सम्बन्धित सरकार तथा प्रहरीले सघाउन चाहेमा हराइरहेका धेरैले परिवार पाउने लीलाबहादुर श्रेष्ठले बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register