शरीरमा अनावश्यक रौँ आउनु र तौल बढ्नु हुनसक्छ पीसीओएसको लक्षण

काठमाडौं । के तपाईंले आफ्नो वरपर कहिल्यै कुनै महिलाको शरीरमा अनावश्यक रौँ देख्नुभएको छ ? धेरै पटक महिलाहरू यसकारण पनि लज्जित महसुस गर्छन् । मान्छेहरूले यसको मजाक उडाउँछन् तर, उनीहरूलाई हाम्रो साथ र उपचारको आवश्यकता हुन्छ । यो एक चिकित्सकीय अवस्था हो, जसलाई हिर्सुटिज्म भनिन्छ । यो पीसीओएसको एक प्रमुख लक्षण हो । पीसीओएस अर्थात् […]

Nov 29, 2024 - 08:05
 0
शरीरमा अनावश्यक रौँ आउनु र तौल बढ्नु हुनसक्छ पीसीओएसको लक्षण

काठमाडौं । के तपाईंले आफ्नो वरपर कहिल्यै कुनै महिलाको शरीरमा अनावश्यक रौँ देख्नुभएको छ ? धेरै पटक महिलाहरू यसकारण पनि लज्जित महसुस गर्छन् । मान्छेहरूले यसको मजाक उडाउँछन् तर, उनीहरूलाई हाम्रो साथ र उपचारको आवश्यकता हुन्छ । यो एक चिकित्सकीय अवस्था हो, जसलाई हिर्सुटिज्म भनिन्छ ।

यो पीसीओएसको एक प्रमुख लक्षण हो । पीसीओएस अर्थात् पोलीसिस्टिक अण्डाशय सिन्ड्रोम हाल संसारभरका महिलामा एक सामान्य समस्या बन्दै गएको छ ।

विश्व स्वास्थ्य संगठनअनुसार यो समस्याबाट संसारभर ५ देखि २६ प्रतिशत महिला प्रभावित छन् । नेपालमा ९.१८ प्रतिशत महिला पीसीओएसबाट पीडित छन् ।

यस चिकित्सकीय अवस्थाका कारण महिलाको शरीरमा पुरुष हर्मोनहरू बढ्न सक्छ । यसको सीधा सम्बन्ध इन्सुलिन प्रतिरोधसँग छ, जुन टाइप २ मधुमेहको कारण पनि बन्न सक्दछ । जब महिलाको शरीरले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया दिन सक्दैन, तब अण्डाशयले थप मात्रामा पुरुष हर्मोनहरू उत्पादन गर्न थाल्छ । यसका कारण अनुहारमा बढी रौँ उम्रन थाल्छ । पीसीओएसका कारण बाँझोपन समस्या पनि हुन सक्दछ ।

पीसीओएसका लक्षण

हरेक महिलाको शरीरमा अण्डाशयबाट हरेक महिना एउटा अण्डा निस्कन्छ, त्यो फुट्छ र त्यसपछि महिनावारी हुन्छ । तर, पीसीओएस हुँदा यो अण्डा निस्कँदैन वा धेरै ढिलोमा निस्कन्छ । पीसीओएस हुँदा अण्डाशयमा सिस्टहरू हुन्छ, जसले अण्डा निस्कनमा बाधा सिर्जना गर्छन् ।

पीसीओएसका सबैभन्दा सामान्य लक्षणहरू अनियमित महिनावारी, अनुहारमा रौँ आउनु र रौँको असामान्य विकास हुनु, अचानक तौल बढ्नु, छाला कालो हुने, कपाल धेरै झर्ने हुन् ।

पीसीओएसको अन्य लक्षणहरूमा निद्रामा समस्या, मुड स्विङ र डिप्रेसन पनि समावेश हुनसक्छ। यसबाहेक मुखमा फो जस्ता लक्षणहरू पनि देखा पर्न सक्छ ।

धेरै पटक पीसीओएस हुँदा पनि कुनै लक्षण देखा नपर्नसक्छ । धेरै महिलाहरूलाई यस अवस्थाको महसुस तबसम्म हुँदैन जबसम्म गर्भावस्थामा कुनै समस्या वा अचानक तौल वृद्धि हुँदैन ।

कारण

अध्ययनअनुसार यसको सटीक कारण अझै पत्ता लगाउन सकिएको छैन । प्रसिद्ध जर्नल स्प्रिंगर लिंकमा प्रकाशित एक अध्ययनअनुसार जब महिलामा पुरुष हर्मोन बढ्छन्, तब अण्डाशयको हर्मोन उत्पादन र सामान्य रूपमा अण्डा बनाउने प्रक्रियामा समस्या आउँछ । यो समस्या साधरणतया इन्सुलिन प्रतिरोधका कारण सुरु हुन्छ ।

पीसीओएसको समस्या कुन उमेरमा सुरु हुन्छ ?

यो अवस्था महिलाहरूमा युवावस्था पछि कुनै पनि समयमा हुनसक्छ । धेरैजसो मामलामा यो समस्या २०–३० वर्ष उमेरमा पत्ता लाग्छ । साधरणतया जब कोही गर्भावस्थाको लागि प्रयास गर्छ र त्यसमा कठिनाइ आउँछ तब जाँचको क्रममा यसको पता लाग्छ ।

कुनै महिलालाई मोटापनाको समस्या छ वा पीसीओएसको पारिवारिक इतिहास छ भने उनलाई यसको सम्भावना बढी हुनसक्छ ।

पूर्ण उपचार सम्भव छ ?

पीसीओएसको कुनै सटीक उपचार उपलब्ध छैन । वास्तवमा डाक्टरहरू यसका लक्षण व्यवस्थापन गर्ने प्रयास गर्छन् । यद्यपि, जीवनशैली र आहारमा केही परिवर्तन गरेर यसका लक्षणहरू कम गर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register