यू-१९ एसिया कप : नेपालले पायो २३४ रनको लक्ष्य

काठमाडौं । एसीसी यू–१९ एसिया कपअन्तर्गत श्रीलंकाले नेपाललाई २ सय ३४ रनको लक्ष्य दिएको छ । यूएईको सारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरको अन्तिम बलमा अलआउट हुँदै २ सय ३३ रन बनाएको हो । श्रीलंकाका लागि शरुकजन शन्मुगनाथले ९९ बलमा सर्वाधिक ६२ रन जोडे । लक्भीन अबेसिंगा ५० बलमा ५३ […]

Nov 29, 2024 - 08:53
 0
यू-१९ एसिया कप : नेपालले पायो २३४ रनको लक्ष्य

काठमाडौं । एसीसी यू–१९ एसिया कपअन्तर्गत श्रीलंकाले नेपाललाई २ सय ३४ रनको लक्ष्य दिएको छ ।

यूएईको सारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरको अन्तिम बलमा अलआउट हुँदै २ सय ३३ रन बनाएको हो ।

श्रीलंकाका लागि शरुकजन शन्मुगनाथले ९९ बलमा सर्वाधिक ६२ रन जोडे । लक्भीन अबेसिंगा ५० बलमा ५३ रन जोड्दै सन्तोष यादवको बलमा आउट भए । कभिजा गिमामगेले ४३ बलमा ३७ रन बनाउँदै रन आउट भए ।

नेपालका लागि सन्तोष यादवले ४ , युवराज खत्रीले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले समान एक/एक विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register