विस्फोटक पदार्थ सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ

झापा।  विस्फोटक पदार्थ सम्बन्धी कसुरका फरार २ जना प्रतिवादीहरूलाई बुधवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका-९ मधुमल्ला ठेगाना भएका ३६ वर्षीय राज कुमार माझी र कानेपोखरी गाउँपालिका-६ शिवालय टोल ठेगाना भएका २० वर्षीय धिरज माझी रहेका छन् ।  बिर्तामोड नगरपालिका-६ स्थित शमशेर एण्ड गंगादेवी टि स्टेट प्रालिको पश्‍चिम पर्खाल नजिकै गत […]

Nov 30, 2024 - 11:46
 0
 विस्फोटक पदार्थ सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ

झापा। 

विस्फोटक पदार्थ सम्बन्धी कसुरका फरार २ जना प्रतिवादीहरूलाई बुधवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका-९ मधुमल्ला ठेगाना भएका ३६ वर्षीय राज कुमार माझी र कानेपोखरी गाउँपालिका-६ शिवालय टोल ठेगाना भएका २० वर्षीय धिरज माझी रहेका छन् । 

बिर्तामोड नगरपालिका-६ स्थित शमशेर एण्ड गंगादेवी टि स्टेट प्रालिको पश्‍चिम पर्खाल नजिकै गत भदौ २८ गते आम सर्वसाधारणलाई आतंकित तुल्याउने उदेश्यले विस्फोटक पदार्थ राखेको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उक्त कार्यमा संलग्न राज कुमारलाई मोरङ उर्लाबारी नगरपालिका-७ उर्लाबारी चोकबाट र धिरजलाई मोरङ पथरी शनिश्चरे नगरपालिका-१ जातेरोडबाट पक्राउ गरेको हो । 

उनीहरू उपर जिल्ला अदालत झापाबाट विस्फोटक पदार्थ सम्बन्धी कसूरमा ३ दिन म्याद थप अनुमित लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register