रविको बयान आज पनि जारी, पत्नी निकिताको खातामा ५० करोडको शंकास्पद कारोबारमा पनि अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालयमा आज पनि जारी छ । यसअघि शुक्रबार बिहान ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म उनको बयान चलेको थियो । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट बिहीबार काठमाडौं ल्याइएको हो । शुक्रबारदेखिनै उनको बयान सुरु गरिएको हो । रविसँगै […]

Dec 1, 2024 - 06:35
 0
रविको बयान आज पनि जारी, पत्नी निकिताको खातामा ५० करोडको शंकास्पद कारोबारमा पनि अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालयमा आज पनि जारी छ ।

यसअघि शुक्रबार बिहान ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म उनको बयान चलेको थियो ।

काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट बिहीबार काठमाडौं ल्याइएको हो ।

शुक्रबारदेखिनै उनको बयान सुरु गरिएको हो । रविसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ ।

प्रहरीले पहिले स्वर्णलक्ष्मी सहकारीमा छापा मारेर केही कागजातहरू बरामद गरेको थियो । जसमा गाडी किन्न भनेर रवि लामिछाने र जीवी राईले दुई पटक गरेर ४६÷४६ लाख रुपैयाँ लिएको भेटिएको थियो ।

प्रहरी अधिकृतहरूले यो बीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरू समेत बरामद गरेको छ ।

लामिछाने र उनकी पत्नीको खातामा भएको कम्तीमा ५० करोड रुपैयाँ बराबरको कारोबारबारे पनि जाँच गरिरहेको छ ।

लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बिहीबार साँझ काठमाडौँ ल्याइएको थियो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि उनी कास्की जिल्ला प्रहरीको हिरासतमा छन् ।

शुक्रबार लामिछानेको बयान जारी रहँदा उनकी पत्नी निकिता पनि सरकारी वकिलको कार्यालयमा उपस्थित भएकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register