रोल्पामा पुल बनाउने क्रममा पहिरोमा पुरिएर पाँच मजदुरको मृत्यु

काठमाडौं । रोल्पामा झोलुङ्गे पुल निर्माणमा खटिएका ५ जना मजदुरको पहिरोले पुरिएर मृत्यु भएको छ । सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने पुल निर्माणमा खटिएका मजदुर पुरिएका हुन् । मृतकमा तीन पुरुष र दुई महिला छन् । आइतबार १० बजेतिर पुल बनाउन खाल्डोमा काम गर्ने क्रममा मजदुरलाई माथिबाट खसेको पहिरोले पुरेको थियो । पुरिएर […]

Dec 1, 2024 - 10:53
 0
रोल्पामा पुल बनाउने क्रममा पहिरोमा पुरिएर पाँच मजदुरको मृत्यु

काठमाडौं । रोल्पामा झोलुङ्गे पुल निर्माणमा खटिएका ५ जना मजदुरको पहिरोले पुरिएर मृत्यु भएको छ ।

सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने पुल निर्माणमा खटिएका मजदुर पुरिएका हुन् । मृतकमा तीन पुरुष र दुई महिला छन् ।

आइतबार १० बजेतिर पुल बनाउन खाल्डोमा काम गर्ने क्रममा मजदुरलाई माथिबाट खसेको पहिरोले पुरेको थियो ।

पुरिएर सोही ठाउँमा ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुमित्रा परियार, २७ वर्षीया आईती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको परिवारले जनाएको छ । उनीहरू सबै एकै गाउँका हुन् ।

पहिरो झरेका बेला ७ जना मजदुरले काम गरिरहे पनि दुईजना भागेका थिए । उक्त पुल बनाउन एलबीएन्ड पल्लभी जक्सन जेभी निर्माण सेवाले ठेक्का लिएको थियो ।

घटनास्थल रोल्पा सदरमुकाम लिवाङबाट करिब ४० किलोमिटर उत्तरपूर्वी भेगमा पर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register