मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाईं नियुक्त

काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाईं नियुक्त भएका छन् । बैंकको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले सीईओमा चापागाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई माघ १ गतेबाट लागु हुने गरी ४ वर्षका लागि नियुक्त गरिएको बैंकले जनाएको छ । यसअघि बैंकका सीईओ रहेका तुलसीप्रसाद वस्तीको कार्यकाल […]

Dec 1, 2024 - 10:53
 0
मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाईं नियुक्त

काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाईं नियुक्त भएका छन् । बैंकको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले सीईओमा चापागाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई माघ १ गतेबाट लागु हुने गरी ४ वर्षका लागि नियुक्त गरिएको बैंकले जनाएको छ ।

यसअघि बैंकका सीईओ रहेका तुलसीप्रसाद वस्तीको कार्यकाल सकिएपछि चापागाईं सीईओ पदमा नियुक्त भएका हुन् ।

चापागाईंसँग बैंकिङमा ३३ वर्ष लामो अनुभव छ । उनले नबिल बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register