हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर घाइते

रौतहट । चालकको लापरबाहीका कारण रौतहटस्थित ११ हजार भेल्टेजको हाई टेन्सन तारबाट करेन्ट लागेर मालवाहक टिपरमा आगो लाग्दा पूर्णरुपमा क्षती भएको छ। टिपर चालक गम्भीर घाईते भएका छन्। विहिवार विहान ८ बजेको समयमा जिल्लाको पूर्विभेग वृन्दावन नगरपालिका–४ स्थित क्रशर उद्योगमा लु १ त २८४९ नम्वरको टिपर बालुवा झार्ने क्रममा ११ हजार भोल्ट भएको तारबाट करेन्ट […]

Jan 9, 2025 - 07:14
 0
हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर घाइते

रौतहट ।

चालकको लापरबाहीका कारण रौतहटस्थित ११ हजार भेल्टेजको हाई टेन्सन तारबाट करेन्ट लागेर मालवाहक टिपरमा आगो लाग्दा पूर्णरुपमा क्षती भएको छ। टिपर चालक गम्भीर घाईते भएका छन्।

विहिवार विहान ८ बजेको समयमा जिल्लाको पूर्विभेग वृन्दावन नगरपालिका–४ स्थित क्रशर उद्योगमा लु १ त २८४९ नम्वरको टिपर बालुवा झार्ने क्रममा ११ हजार भोल्ट भएको तारबाट करेन्ट लागेर टिपरमा आगलागी हुँदा पूर्ण रुपमा क्षतिग्रस्त भएको हो ।

 टिपरका चालक जयप्रकाश सहनी करेन्ट लागेर  गम्भीर घाईते भएका छन्। उनको गरुडा स्थित एउटा निजी अस्पतालमा उपचार भैरहेको तथा अवस्था खतरामुक्त रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्। 

 डिएसपी कार्कीका अनुसार टिपरबाट बालुवा झार्नमाथि उठाएको ट्रली तल नझारी फर्काउने क्रममा माथिको हाइटेन्सन तारमा छोएर दुर्घटना भएको थियो।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय, गरुडाले जनाएको छ।
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register