मोरू डिजिटल वालेट पब्लिक लिमिटेड कम्पनीमा परिणत हुँदै

काठमाडौं । मोरू डिजिटल वालेटले आफ्नो सेयर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । फिनटेक क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाएको मोरूले अब आम नागरिकलाई पनि कम्पनीको हिस्सा बन्ने अवसर प्रदान गर्ने योजना तर्जुमा गरेको हो । मोरुका संचालक ऋषि राम अधिकारीले भने, ‘अहिले हामी कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा परिवर्तन गर्ने चरणमा छौं । त्यसपछि […]

Dec 1, 2024 - 12:47
 0
मोरू डिजिटल वालेट पब्लिक लिमिटेड कम्पनीमा परिणत हुँदै

काठमाडौं । मोरू डिजिटल वालेटले आफ्नो सेयर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । फिनटेक क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाएको मोरूले अब आम नागरिकलाई पनि कम्पनीको हिस्सा बन्ने अवसर प्रदान गर्ने योजना तर्जुमा गरेको हो ।

मोरुका संचालक ऋषि राम अधिकारीले भने, ‘अहिले हामी कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा परिवर्तन गर्ने चरणमा छौं । त्यसपछि नेपाल राष्ट्र बैँक र नेपाल धितोपत्र बोर्ड जस्ता नियामक निकायहरूको आवश्यक प्रक्रिया पूरा गरेर आईपीओ ल्याउने योजना छ । हाम्रो उद्देश्य ग्राहकहरूलाई अझ उत्कृष्ट सेवा प्रदान गर्दै लगानीकर्ताहरू माझबाट फिनटेक क्रान्ति गर्ने हो ।’

हालसम्म, मोरू डिजिटल वालेटले आफ्नो प्रयोगकर्ताहरूको लागि नयाँ नयाँ सुविधा ल्याउँदै आएको छ । पेमेन्ट लेजर र च्याट जस्ता सुविधाले ग्राहकहरूको कारोबारमा सुधार ल्याएको छ भने डिजिटल कर्जाको सेवा ल्याउने योजनाले भविष्यमा फिनटेक क्षेत्रको सम्भावनालाई अझ प्रखर बनाउने कम्पनीले दावी गरेको छ ।

कम्पनीले नियमक निकायको स्वीकृति पश्चात आईपीओको मिति र प्रक्रिया सार्वजनिक गर्ने जनाएको छ । यस घोषणाले नेपालको डिजिटल भुक्तानी क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

मोरूका वर्तमान ग्राहक, संस्थापक र सम्भावित लगानीकर्ताहरू सबैले यो घोषणालाई सकारात्मक रूपमा लिएका छन् । यो कदमले मोरूको बजार स्थानलाई थप सुदृढ बनाउने र फिनटेक क्षेत्रमा नयाँ सम्भावनाहरू खोल्ने अपेक्षा गरिएको छ।

अहिले नेपालका फिनटेक कम्पनीहरूलाई प्रतिस्पर्धात्मक बनाउन र डिजिटल इकोसिस्टमलाई सुदृढ बनाउने दौडमा मोरूले एक महत्वपूर्ण कदम चालेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register