सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५८५ रुपैयाँ तोक्यो

काठमाडौँ । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारले उखुको समर्थन मूल्य तोकेको जानकारी दिएका हुन् । गुरुङका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ । जसमा उखुको […]

Dec 1, 2024 - 12:47
 0
सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५८५ रुपैयाँ तोक्यो

काठमाडौँ । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारले उखुको समर्थन मूल्य तोकेको जानकारी दिएका हुन् ।

गुरुङका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ । जसमा उखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफा पनि समावेश गरिएको गुरुङले जानकारी दिएका छन् ।

त्यस्तै, मन्त्रिपरिषद्का थप निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले मंसिर १७ देखि २० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चीन भ्रमण स्वीकृत गरिएको जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणसँगै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको पुस ३ गतेदेखि १० गतेसम्मको गणतन्त्र कोरियामा फोहोरमैला व्यवस्थापनसम्बन्धी अध्ययन भ्रमणमा सहभागि हुनका लागि पनि स्वीकृति दिएको गुरुङले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register