चीनमा एआई प्रयोगकर्ताको सङ्ख्या २३ करोड पुग्ने प्रक्षेपण

बेइजिङ । हालै जारी गरिएको प्रतिवेदनमा चीनमा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगकर्ताको सङ्ख्या जुन सन् २०२४ सम्ममा २३ करोड पुग्ने प्रक्षेपण गरिएको थियो । चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर (सीएनएनआईसी)द्वारा जारी जेनेरेटिभ एआई को विकाससम्बन्धी प्रतिवेदन अनुसार चीनले यस क्षेत्रमा चार हजार ५०० भन्दा बढी सम्बन्धित कम्पनीसँग तुलनात्मक रूपमा व्यापक एआई उद्योग इकोसिस्टम निर्माण गरेको […]

Dec 1, 2024 - 23:47
 0
चीनमा एआई प्रयोगकर्ताको सङ्ख्या २३ करोड पुग्ने प्रक्षेपण

बेइजिङ । हालै जारी गरिएको प्रतिवेदनमा चीनमा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगकर्ताको सङ्ख्या जुन सन् २०२४ सम्ममा २३ करोड पुग्ने प्रक्षेपण गरिएको थियो ।

चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर (सीएनएनआईसी)द्वारा जारी जेनेरेटिभ एआई को विकाससम्बन्धी प्रतिवेदन अनुसार चीनले यस क्षेत्रमा चार हजार ५०० भन्दा बढी सम्बन्धित कम्पनीसँग तुलनात्मक रूपमा व्यापक एआई उद्योग इकोसिस्टम निर्माण गरेको छ ।

हाल चीनमा ६ सय अर्ब युआन मूल्यको मुख्य क्षेत्रको साथ देशको जेनेरिक एआई उद्योग फस्टाउँदैछ ।

यहाँ जुलाई सन् २०२४ सम्ममा १९० भन्दा बढी जेनेरेटिभ एआई मोडेल दर्ता भएका थिए । यसले प्रयोगकर्ताहरूलाई विभिन्न विकल्प र अनुकूल अनुभवहरू प्रदान गर्दछ ।

जुलाई सन् २०२४ मा चिनियाँ कम्युनिस्ट पार्टीको २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा पारित गरिएको प्रमुख सुधार प्रस्तावले पनि देशले जेनेरिक एआईको विकास र व्यवस्थापनको लागि संयन्त्रमा सुधार गर्ने बताएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register