जनकपुरका कप्तान साह बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सका कप्तान अनिल साह ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा कर्णालीविरुद्ध उनले अविजित ६२ रन बनाएका थिए । उनले ४२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । खेलपछि बोल्दै अनिलले आफू र आसिफ शेखले स्ट्रेट […]

Dec 2, 2024 - 10:53
 0
जनकपुरका कप्तान साह बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सका कप्तान अनिल साह ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा कर्णालीविरुद्ध उनले अविजित ६२ रन बनाएका थिए । उनले ४२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।

खेलपछि बोल्दै अनिलले आफू र आसिफ शेखले स्ट्रेट खेलेर रन लिन खोजेको बताए । उनले आफ्नो टोलीका खेलाडीसँग खुसी भएको र बेसिकमा ध्यान केन्द्रित गर्नुको साथै स्पेस दिन खोजेको पनि बताए ।

उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । जारी एनपीएलमा अनिल अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी हुन् ।

यस्तै, अनिलले ‘सुपर फोर’को पुरस्कार पनि जिते । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज पनि प्राप्त गरे ।

कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले ६ चौका प्रहार गरेका थिए । बलर किशोर महतोले ‘एनर्जेटिक मोमेन्ट अफ द म्याच’ प्राप्त गरे । उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।

‘क्याच अफ द म्याच’ अवार्ड देव खनालले प्राप्त गरे । उनले २५ हजार रुपैयाँ प्राप्त गरे । मौसम ढकालको बलिङमा आसिफ शेखले गरेको प्रहारलाई देवले क्याच गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register