आज ३३औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस, अपाङ्गता भएका बैंकरहरुलाईसमेत बिदा

काठमाडौँ । ३३औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अपाङ्गता भएका बैंकरहरुलाई बिदा दिइएको छ । देशभर अपाङ्गता भएका व्यक्तिहरुले आजको दिन (डिसेम्बर ३) लाई अन्तराष्ट्रिय दिवसका रुपमा मनाइरहँदा नेपालमा बैंक तथा वित्तीय संस्थामा अपाङ्गता भएका बैंकरहरुलाईस बिदा दिइएको हो । अपाङ्गता भएका बैंकरहरुलाई बिदा भए पनि बैंक भने खुल्नेछन् । अपाङ्गता भएका व्यक्तिहरु बाहेक अन्य बैंकरहरु […]

Dec 3, 2024 - 03:29
 0
आज ३३औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस, अपाङ्गता भएका बैंकरहरुलाईसमेत बिदा

काठमाडौँ । ३३औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अपाङ्गता भएका बैंकरहरुलाई बिदा दिइएको छ । देशभर अपाङ्गता भएका व्यक्तिहरुले आजको दिन (डिसेम्बर ३) लाई अन्तराष्ट्रिय दिवसका रुपमा मनाइरहँदा नेपालमा बैंक तथा वित्तीय संस्थामा अपाङ्गता भएका बैंकरहरुलाईस बिदा दिइएको हो ।

अपाङ्गता भएका बैंकरहरुलाई बिदा भए पनि बैंक भने खुल्नेछन् । अपाङ्गता भएका व्यक्तिहरु बाहेक अन्य बैंकरहरु नियमित काममा हुनेछन् ।

आज अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रबल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ ।

नेपालमा पनि ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नारासहित देशभरका विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो मनाउँदैछन् । दिवसका सन्दर्भमा यसैबमोजिम अन्तर्राष्ट्रिय र राष्ट्रिय नाराको प्रयोग गर्न/गराउन सरकारले आह्वान गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register