क्याप्टेन केसीको नाममा नेपाल एयरलाइन्सको ३५ दिने सूचना, तलब भत्ता ब्याजसहित फिर्ता गर्न ठाडो निर्देशन

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्नै क्याप्टेनको नाममा ३५ दिने सूचना निकालेको छ । एयरलाइन्सले क्याप्टेन रोशन केसीको नाममा ३५ दिने सूचना निकालेको हो । सम्झौता अनुसारको काम नगरेको भन्दै क्याप्टेन केसीको नाममा ३५ दिने सूचना निकालेको नेपाल एयरलाइन्सले जनाएको छ । एयरलाइन्सका अनुसार क्याप्टेन केसी र निगमबीच भएको सम्झौताको पालना नभएपछि बक्यौता […]

Dec 4, 2024 - 06:42
 0
क्याप्टेन केसीको नाममा नेपाल एयरलाइन्सको ३५ दिने सूचना, तलब भत्ता ब्याजसहित फिर्ता गर्न ठाडो निर्देशन

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्नै क्याप्टेनको नाममा ३५ दिने सूचना निकालेको छ । एयरलाइन्सले क्याप्टेन रोशन केसीको नाममा ३५ दिने सूचना निकालेको हो ।

सम्झौता अनुसारको काम नगरेको भन्दै क्याप्टेन केसीको नाममा ३५ दिने सूचना निकालेको नेपाल एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सका अनुसार क्याप्टेन केसी र निगमबीच भएको सम्झौताको पालना नभएपछि बक्यौता असुल गर्ने निर्णय भएको हो । केसीले निगमकै खर्चमा तालिम लिएको, विभिन्न मुलुक भ्रमण गरेको, त्यसबापत भत्तासमेत बुझेको र उक्त समयमा तलबसमेत बुझेको निगमको दाबी छ ।

तर, तालिमपछि उनी काममा नफर्किएको निगमको सूचनामा उल्लेख छ । उक्त विषयमा पटकपटक लिखित र मौखिक जानकारी गराउँदा पनि केसीले चासो नदेखाएपछि ३५ दिने सूचना जारी गर्नुपरेको निगमले जनाएको छ । निगमले केसीसँग तलब भत्ता, भ्रमण भत्ता लगायतका शीर्षकमा लिएको रकम ब्याजसहित फिर्ता गर्न निर्देशन दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register