एनपिएलमा बेटिङ गरेको आरोपमा प्रहरीले फेरि खुद्रेलाई मात्र समात्यो, भिआईपीलाई छुनै सकेन !

काठमाडौँ । अनलाइन सट्टेबाजी गराएको आरोपमा थप तीन जना पक्राउ परेका छन् । कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको आरोपमा तीन जना पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सन्दीपकुमार सिंह, रोहित शर्मा र प्रिन्स सिंह रहेका छन् । उनीहरुलाई […]

Dec 5, 2024 - 07:18
 0
एनपिएलमा बेटिङ गरेको आरोपमा प्रहरीले फेरि खुद्रेलाई मात्र समात्यो, भिआईपीलाई छुनै सकेन !

काठमाडौँ । अनलाइन सट्टेबाजी गराएको आरोपमा थप तीन जना पक्राउ परेका छन् । कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको आरोपमा तीन जना पक्राउ परेका हुन् ।

उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सन्दीपकुमार सिंह, रोहित शर्मा र प्रिन्स सिंह रहेका छन् । उनीहरुलाई त्रिवि क्रिकेट मैदानबाटै पक्राउ गरिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

सीआईबीले यसअघि सोमबार दुई र मंगलबार दुई गरी चार जनालाई सट्टेबाजी गराएको आरोपमा पक्राउ गरेको थियो । उनीहरुले नेपालमा पूर्ण रुपमा बर्जित अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेलाएको पाइएको सीआईबीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register