सुर्खेतबाट हुम्ला ,मुगु र जुम्लामा नियमित उडान सुरु

सुर्खेत । लामो समयदेखि सुर्खेत बिमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा तारा एयरलाइन्सले उडान सुरू गरेको छ ।  बुधवार देखी सुर्खेतबाट कर्णालीका हुम्ला ,मुगु र जुम्लामा तारा एयरले उडान सुरु गरेको हो। तारा एयर नेपालगञ्जका स्टेसन इन्चार्ज सूर्यमणी सुवेदीका अनुसार सुर्खेतबाट कर्णालीका तीन जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएको छ । हप्तामा बुधबार […]

Dec 4, 2024 - 12:29
 0
सुर्खेतबाट हुम्ला ,मुगु र जुम्लामा नियमित उडान सुरु

सुर्खेत ।

लामो समयदेखि सुर्खेत बिमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा तारा एयरलाइन्सले उडान सुरू गरेको छ । 

बुधवार देखी सुर्खेतबाट कर्णालीका हुम्ला ,मुगु र जुम्लामा तारा एयरले उडान सुरु गरेको हो।

तारा एयर नेपालगञ्जका स्टेसन इन्चार्ज सूर्यमणी सुवेदीका अनुसार सुर्खेतबाट कर्णालीका तीन जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएको छ । हप्तामा बुधबार र शनिबार सिमीकोट, जुम्ला र रारा बिमानस्थलमा उडान गर्ने उनले जानकारी दिए ।

त्यसका लागि सुर्खेत– सिमिकोट ८ हजार, सुर्खेत–रारा ६ हजार ५ सय र सुर्खेत–जुम्ला ६ हजार ५ सय भाडादर निर्धारण गरिएको सुबेदीले जानकारी दिए ।


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register